राजविराज । सप्तरीको महदेवा गाउँपालिकामा जग्गासम्बन्धी विवादमा परी कुटपिट हँुदा घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । गाउँपालिका–१ बस्ने ८० वर्षीय सुविलाल यादवको मृत्यु भएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले बताउनुभयो ।
जग्गाको विषयमा छिमेकीसँग गत वैशाख १३ गते विवाद भएको थियो । सो विवादका क्रममा कुटपिट हँ'दा उनको टाउको र खुट्टामा गम्भीर चोट लागेपछि उनलाई गजेन्द्रनारायाण सिंह अस्पताल राजविराजमा उपचारका लागि भर्ना गरिएको थियो ।
वैशाख २७ गते अस्पतालले उनलाई डिस्चार्ज गरेपछि घरमै औषधि खाएर उपचार गराइरहेको अवस्थामा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शवलाई परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै कुटपिटमा संलग्न रहेकाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रास्वपामा विवाद, विवाद चर्किनुमा यी हुन् दुई कारण
नयाँ सरकारको नेतृत्वबारे जंग्गीअड्डाबाहिर विवाद
माओवादीसँगको एकता प्रयासले नेसपामा चर्कियो विवाद
५२ संवैधानिक निकायको नियुक्ति विवादमा आज पनि सुनुवाइ
धनुषामा चोक नामकरण विवाद- प्रहरीले गोली चलायो, तीनजना घाइते
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु