आज दिनभरिको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

आइतबार, ११ जेठ २०७७, ०८ : २०
आज दिनभरिको मौसम कस्तो रहला ?

काठमाडौँ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका केही क्षेत्रमा बदली भए पनि अधिकांश भू–भागको मौसम आइतबार सामान्यतया सफा रहने जनाएको छ ।

पूर्व र मध्य भू–भागमा अहिले सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ। भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेको छ । नेपालको पूर्वी भू–भागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको मौसमविदले बताएका छन् ।

दिउँसो मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली र पश्चिम पहाडी क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।मध्य तथा पूर्वी पहाडी भू–भाग लगायत पूर्वी तराईका केही स्थान र पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पहाडी क्षेत्रमा सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ । मध्य तथा पूर्वी भू–भागका केही स्थान र पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस