थुनुवामा पनि कोरोना संक्रमण

शुक्रबार, ०९ जेठ २०७७, १५ : ३६
थुनुवामा पनि कोरोना संक्रमण

बैतडी । कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीमा रहेका थुनुवामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । 

उनमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय समेत सिल गरिएको छ। ती व्यक्तिलाई वैशाख १५ गते पक्राउ गरिएको थियो। संक्रमित चैत ६ गते भारतबाट नेपाल आएका थिए।

प्रतिक्रिया दिनुहोस