चितवन । जिल्लाका सञ्चार गृह एफ. एम. रेडियो, अनलाईन खबर पत्रिका र स्थानीय टेलिभिजनहरुले नोबेल कोरोना भाईरस (कोभिड १९) को संकटमा साथ दिन भरतपुर महानगरपालिकालाई आग्रह गरेका छन् ।
सामुदायिक रेडियो प्रसारक सघं जिल्ला समन्वय समिति चितवनको अगुवाईमा बिभिन्न सञ्चार प्रतिष्ठानका प्रमुखहरुले आज महानगरपालिकामा ज्ञापन पत्र बुझाउदै सो आग्रह गरेका हुन ।
नागरिकको सु–सुचित हुन पाउने अधिकारलाई सम्मान गर्दै जस्तोसुकै कठिन घडीमा पनि सञ्चार माध्मले खेलेको भुुमिकाको सम्मान स्वरुप बिशेष सुचना सामाग्री सहित सहयोग गर्न उनिहरुको माग छ । ज्ञापन पत्र बुझाउदै सामुदायिक रेडियो प्रसारक सघं जिल्ला समन्वय समिति चितवनका संयोजक रमेश पौडेलले बर्तमान अवस्थामा सम्पुर्ण ब्यवसायिक बिज्ञापनहरु पनि बन्द भएको र अन्य ब्यापार, ब्यवसाय पनि बन्द हुदाँ सञ्चार माध्यम प्रत्यक्ष मारमा परेकोले सञ्चार गृह सञ्चालन गर्न कठिनाई भएको बताउनु भयो ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशीले बन्दाबन्दीकोे पुर्णपालना गर्दै सञ्चारकर्ममा लागिरहनु भएकोमा सबै सञ्चार माध्यमलाई धन्यवाद दिदै महानगरले सञ्चार गृहलाई उचित सहयोग गर्ने प्रतिवद्दता ब्यक्त गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ जेठ २०७७, १५ : ०२
लेखकबाट थप