आज वाम गठबन्धनको आमसभा, शीर्ष नेताले सम्बोधन गर्ने

मंगलबार, ०५ मंसिर २०७४, ०७ : ४०
आज वाम गठबन्धनको आमसभा, शीर्ष नेताले सम्बोधन गर्ने

चितवन । नेकपा माओवादी केन्द्र र नेकपा एमालेले आज मंगलबार चितवनको भरतपुरमा बृहद चुनावी आमसभा आयोजना गर्दैछन् । आमसभामा एक लाख जनता उतार्ने बताइएको छ ।
चुनावी आमसभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,  एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ  ।
भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजना गर्ने सभामा चितवनका तीन वटै निर्वाचन क्षेत्रबाट एक लाख जनता उतार्ने तयारी गरिएको नेकपा माओवादी केन्द्र चितवनका इन्चार्ज इश्वरी भट्टराईले जानकारी दिनुभयो ।
आमसभालाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको र सबै तयारी पूरा भइसकेको संयुक्त वाम गठबन्धन चितवनका संयोजक अमिक शेरचनले बताउनुभयो । आमसभामा शीर्ष नेताको सम्बोधनलाई ड्रिम्स एफएम ८९.८ ले प्रत्यक्ष प्रसारण गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस