"कोरोनाले गर्दा मानव जातीमा पर्न आएको असर"

सफल खबर संवाददाता

बुधबार, ०७ जेठ २०७७, १६ : ४७
"कोरोनाले गर्दा मानव जातीमा पर्न आएको असर"

               - वसन्त कुमार शाही 
Corona COVID 19 भनेको के हो ?

COVID 19 एउटा रोग हो जो strain of corona virus बाट लाग्द छ। COVID 19 को पुरारुप यस प्रकार रहेको छ CO भन्नाले corona, VI भन्नाले virus, D भन्नाले disease(रोग) र 19 भन्नाले पहिलो पटक महामारीको रुपमा फैलिएको र देखिएको स.न.२०१९ मा। यो जीवाणु फोक्सोको Bronchial tubes र  Alveoli लाई damage (संक्रणमीत गर्दछ) यस्लाई Acute Severe Respiratory Virus पनि भन्ने गरिन्छ। 

COVID 19 कसरी सर्दछ ? 
अहिले सम्म अध्यन अनुसार एक संक्रणमीत बाट अर्को निरोगी ब्याक्तीको करिब ४ फिट नजिक सम्पर्कमा आउँदा सर्ने गरेको छ, साथै खोक्दा, जथाभावी खकार फाल्दा, शरीरको र्याल, प्रयोग गरेका कपडा, असुरक्षित स्थान, भिडभाड, ब्यक्तिगत सरसफाइ कमी, सडेघलेको खाद्यान्न, माछामासु, फलफूल इत्यादी बाट पनि सर्दछ। चिनिया बैज्ञानिकका अनुसार यो भाईरस जनावर बाट विकसित भएर मानव जातिमा क्रान्ति गरेको दावी छ तर कुनै प्रमाण अहिले सम्म भेटिएको छैन ।त्यही भएर बैज्ञानिक हरुले अहिलेको परिस्थिति लाई मध्यनजर गर्दै माछामासु सेवन नगर्न तथा जनावर हरु बाट  सतर्क रहन पनि अनुरोध गरेका छन। 

COVID 19 ले मानव जातिको कुन कुन अङ्गमा आक्रमण तथा खतरा गर्दछ ?
बिशेष गरि यो Virus सिधै मानव शरीरको फोक्सोको Bronchial tubes मा घाउ बनाउन्छ बिस्तारै २०-२८ दिन पछि Alveoli र Lungs sacs बिग्रीन जान्छ जस्ले गर्दा बिरामी लाई स्वास फेर्न र स्वास लिन एकदम कठिनाई हुने हुँदा शरीर र मस्तिष्कमा Oxygen को कमि हुँदै जादा १०४  डिर्गी सम्म्म ज्वरो समेत हुने भएकोले बिरामी critical phase मा गई निधन समेत हुन जान्छ। 

COVID 19 ले विश्वमा कसरी क्रान्ति गरिरहेको छ ?
हामिले ले बुझ्नु पर्दछ भने COVID 19 एक जीवाणु मात्र नभएर(World Biological War) विश्व जीवाणु युद्ध पनि बुझ्न सकिन्छ। विश्व रास्ट्र संघमा सदस्य भएका १९३ रास्ट्रमा झण्डै  ४५,३०,००० संक्रणमित, ३,१०,००० संक्रणमितको निधन भईसकेको छ। अझै संक्रणमित हुने लगभग  २ करोड ५० लाख पुग्ने अनुमान गरिएको छ भने मृत्यु हुने गरिब १० लाख पुग्ने एक अध्यनले देखाएको छ। February बाट विश्वको अर्थतन्त्रमा ४४.३६% ह्रास भएको छ भने ५ लाखा भन्दा बढी उद्योग, कारखाना, झण्डै ५१,५०० बिश्वबिद्धालय तथा बिधालय बन्द रहेका छन भने करिब ४ अर्ब मानिसहरु Lockdown मा सिकार भईराखेका छन। अहिले मानव जातिमा बिशेष गरि १०-१८ मुनिका बालबालिका र ५५-६५ बर्ष वृद्धि हरुमा  १३.५०% ले डिप्रेशन देखिएको छ र गर्वती महिलाको संख्या दर २१.०१% ले वृद्धि रहेको छ। यसरी बिश्वको Lockdown १ बर्ष सम्म मात्र जाने हो भने अर्थतन्त्रमा करिब  ७०-८०% कमि हुने जस्ले प्रत्येक्ष बिकास निर्माणमा असर पार्ने छ साथै वायुमण्डलको हावा गरि एक करोड बर्ष पहिलेको जस्तो स्वस्छ, निलो आकाश, स्वच्छ हावा, वायुमण्डलिय प्रदुषण गरिब १२.०४% घट्दै जाने छ।

के COVID 19 को औषधि/ भेक्सिन बन्छ त ?
अबस्य, बिश्वका ८०० भन्दा बढी अनुसन्धान कर्ता, बैज्ञानिक हरु रप्तारमा सक्रिय भएर प्रयोगशालामा रातदिन खटिरहेका छन। अबको ८-१४ महिना भित्र औषधि तथा भेक्सिन पुर्ण रुपमा प्रयोगमा आउने र विश्वका आममानव सम्म आईपुग्न गरिब २२-२८ महिना समय लाग्ने विश्व स्वास्थ्य सङठन WHO र नेशनल हेल्थ रिसर्च सेन्टर अमेरिकाले प्रतिबद्धता गरेको छ । 

World  Biological War मा कसरी एक जुट भई सकट बाट मुक्त हुन सकिन्छ ?
विश्वमा १९३ सदस्य भएका रास्ट्रहरु करिब ६ अर्ब ५० करोड मानव, खर्बौ जीवाणुहरुको एक बिशाल घर पृथ्वी हो  अनगिन्ती  ग्रह तारा, आकाशगङा मध्य एक मात्र हो पृथ्वी जहाँ  मानव जातिको अस्तित्व रहेको छ। यो सकटमा सबै हातेमालो, एक जुट, हाम्रो पृथ्वी बाट COVID 19 को अन्त्य गर्नु पर्छ नत्र मानव अस्तित्व नै समाप्त हुन सक्ने खतरा हरेको छ। सबै देशहरु मिलेर आ-आफ्नो रास्ट्रमा COVID 19 बिरोध रोगथाम तथा निर्मुनिकरण गर्न सबै लाग्नु पर्दछ। फ्रान्स, अमेरिका, बेलायत, चीन, ईन्डिया, रुस हरुले आफ्नो देशका नागरिक हरु लाई भाईरस बाट बचाउ कस्ले पहिलो COVID 19 को औषधि तथा भेक्सिन बनाउन सक्छ भनेर रातारात कठिन मिहेनत गरि राखेका छन भने दु:खद लाग्ने हाम्रो नेपाल देशमा देश बनाउन हिडेका नेताहरु कुर्सी र सत्ताको रातादिन तानातान गरिरहेका छन् । जनता हरु भोक भोकै तड्पिदै छन सरकार मोन छ गल्ती कस्को ? 

के नेपाल सरकारले COVID 19 संग कसरी लडन सक्छ ?
धेरै विकल्प  रहेको छन जस मध्य सरकारले भाईरोलोजिस्ट, इपिडिमोलोजिस्ट, फार्मास्टि, ल्याब्रोलोजिस्ट, आयुबेर्दिक बिज्ञ र अनुसन्धान कर्ता तथा बैज्ञानिक हरु लाई समाबेश गरि तत्कालको लागि एउटा अनुसन्धान केन्द्र स्थापना गरि COVID 19 को बारेमा गम्भीर भएर अनुसन्धान गराउन लगाउनु पर्दछ। अथवा नेपाल हेल्थ रिसर्च परिषद् तथा सरुवा रोग टेकु र अन्य औषधि उत्पादन कम्पनी संग सहकार्य गरि COVID 19 को औषधि तथा भेक्सिन बिकास गर्न सकिन्छ। 

नेपालको झण्डै  २,८०,००,००० सम्पुर्ण मानिस मा COVID 19 परिक्षण गराउनु पर्छ सबै बिदेश बाट आउने नाका सिल गरि, COVID 19 देखिएका हरु लाई हिमाली भाग मा अस्पताल बनाएर त्यहाँ थप परिक्षण तथा उपचार गराउनु पर्छ। त्यस पछि नेपाल भित्र मा नाक (Lockdown) खुली राज्यले आफ्ना गतिविधि हरु तिव्र गतिमा लाग्नु पर्छ। 

वसन्त कुमार शाही 
युवा बैज्ञानिक 
अन्तरास्ट्रिय युवा बैज्ञानिक अवार्ड  स.न. २०१३ पेरिस फ्रान्स 
कर्णालीको पहिलो "राष्ट्रिय युवा प्रतिभा पुरस्कार तथा सम्मानित, नेपाल सरकार २०१७