आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

मंगलबार, ०६ जेठ २०७७, ०९ : ०५
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रको मौसम मंगलबार सामान्यतया सफा रहने जनाएको छ । विशेष गरी पहाडी क्षेत्रमा भने आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । अहिले नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ ।

हाल पहाडी भू–भागका केही स्थानमा आंशिक बदली भएको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

पहाडी भू–भागका एक–दुई स्थानमा अपराहन्नपछि मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति देशको पूर्वी भू–भागमा सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।