साना किसानहरुलाई सरकारको कार्यक्रममा सहभागि गराउन आबश्यक

बुधबार, १५ कार्तिक २०७४, १८ : ०४
साना किसानहरुलाई सरकारको कार्यक्रममा सहभागि गराउन आबश्यक

चितवन । नेपालमा रहेका साना किसानहरुलाई सरकारको कार्यक्रममा सहभागि गराउन नसक्दा उत्पादनमा बृद्धि गर्न नसकिएको राष्ट्रिय किसान आयोग बारे अभिमुखिकरण कार्यक्रममा बक्ताहरुले बताएका छन् । राष्ट्रिय किसान आयोग बारे अभिमुखिकरण, छलफल तथा कृषि पशु बिकास कार्यक्रमहरुमा स्थानिय निकायको भूमिका बिषयक कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । साना किसानहरुले सरकारी कार्यक्रमका बारेमा जानकारी नपाउनु र पहुच नपुग्नुले उत्पादकत्वमा बृद्धि गर्न नसकिएको उनीहरुको भनाई थियो ।

किसान आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठले किसानहरु परम्परागत खेति प्रणालिबाट माथि उठ्न नसकेको भन्दै आधुनिक कृषि प्रणालिमा लाग्न सरकारी तबरबाट सक्दो सहयोग गर्नु पर्ने बताउनु भयो । यसका लागि आयोग तयार रहेको भन्दै उहाँले कम लागतमा बढि उत्पादन गर्न नसके सम्म किसानहरुको उन्नति हुन नसक्ने उहाँले बताउनु भयो । अहिले देशमा रहेका कृषकहरु मध्ये १५ देखि २० प्रतिशतमा मात्रै कृषि प्रसारका कार्यक्रमहरु पुग्ने गरेको बताउदै उहाँले साना किसानहरुलाई समेट्नु अहिलेका आबश्यकता रहेको बताउनु भयो ।

किसान आयोगका सदस्य सचिब तेज बहादुर सुबेदीले ६५ प्रतिशत किसान संग ०.५ हेक्टर अर्थात साना किसान रहेको र उनीहरुमा सरकारी कार्यक्रम पुग्न नसकेको बताउनु भयो । किसानको पहिचान गर्न सरकारले नसक्नु र साना किसानहरु जिविको पार्जनमा मात्रै सिमिति हुनुले उत्पादनमा बृद्धि गर्न नसकिएको उहाँले बताउनु भयो ।

आयोग गठन भए पनि अहिले आयोगले आन्तरीक गृहकार्य र व्यवस्थापनको काम गरिरहेको बताउदै उहाँले उत्पादन र उत्पादकत्वमा कृद्धि गर्नु आबस्यक रहेको बताउनु भयो । कृषि क्षेत्रको बिकासका लागि सरकारले आयोग गठन गरेको बताउँदै आयोगका सदस्य भानुभक्त सिग्देलले परम्परागत पद्धतिलाई परिबर्तन गर्दै उत्पादन बढाउनु पर्ने बताउनु भयो । कृषिमा आधारीत किसानको अधिकार सुनिश्चित गर्नु यस आयोगको मुख्य जिम्मेवारी रहेको उहाँले बताउनु भयो । सो अवसरमा बोल्दै सिग्देलले स्थानिय तहमा सरकारले पठाएको बजेट सहि सदुपयोग गर्नु आबश्यक रहेको बताउनु भयो ।

आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली काँग्रेसका कार्यबहाक सभापति भूपतिदाश सापकोटा, नेकपा एमालेका नारायण अधिकारी, माओबादी केन्द्रका ईश्वरी भटट्राई, रत्ननगर नगरपालिकाका प्रमुख नारायण बन, राप्ति नगरपालिकाका प्रमुख प्रभा बराल लगाएतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस