नेपालमा थप ६ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २ सय ७३ पुग्यो

सफल खबर संवाददाता

शनिबार, ०३ जेठ २०७७, १० : २५
नेपालमा थप ६ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २ सय ७३ पुग्यो

काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य मन्त्रालयले नयाँ संक्रमण पुष्टि गरेसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

नयाँ संक्रमण पुष्टि हुनेहरुमा बर्दिया, नार्खु–११ का २८ वर्षिया महिला, सिरहा सखुवा–१९ का ३० वर्षिय पुरुष, विरगंज–१२ का २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगर–४ का १८ वर्षिया महिला र चितवन गडयौली–१ का २५ वर्षिया महिला रहेका छन् ।

उनीहरुको सबैको आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गर्दा संक्रमण पुष्टि भएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस