चीनमा थप १५ जना कोरोनाभाइरसबाट सङ्क्रमित

एजेन्सी

शुक्रबार, ०२ जेठ २०७७, २१ : ०८
चीनमा थप १५ जना कोरोनाभाइरसबाट सङ्क्रमित

काठमाडौं । चीनमा पछिल्लो समय कोरोनाभाइरसबाट थप १५ जना सङ्क्रमित भएका छन् । योसँगै देशभरी कुल सङ्क्रमितको संख्या ८२ हजार ९३३ पुगेको स्वास्थ्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले थप सङ्क्रमितमध्ये चार जनामा पुष्टि भइसकेको र उनीहरु सवै जिलिन प्रान्तमा आन्तरिक रुपमा सरेको पाइएको बिहीबार जनाएको छ । अन्य ११ जना भने सङ्क्रमण उन्मुख भएको अधिकारीहरुको भनाइ छ । 

चीनको जिलिन सहरमा यसअघि देखि नै कडाई रुपमा लकडाउन लागु गरिएको छ । यसअघि वुहानमा गत हप्ता छ जना नयाँ सङ्क्रमित भेटिएका थिए । चीनमा पछिल्लो समय कोरोनाभाइरसको सङ्क्रमण फैलिन क्रम नियन्त्रण भएको भनिए पनि फेरी थपिन थालेका हुन् । 

प्रतिक्रिया दिनुहोस