थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या नेपालमा २५८ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, ०२ जेठ २०७७, ०८ : २८
थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या नेपालमा २५८ पुग्यो

काठमाडौँ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २५८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।

उनीहरु मध्ये एक जना मकवानपुरका ३७ वर्षीय पुरुष छन् भने बाँकी बाँके नैरापुरको वडा नम्बर १, ३ र ५ का ८ जना पुरुष छन् । उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस