बन्यो कार्बनडाइअक्साइड सोस्ने मेसिन

सोमबार, ०४ मंसिर २०७४, १७ : ०४
बन्यो  कार्बनडाइअक्साइड सोस्ने मेसिन

स्विस वैज्ञानिकहरुले यस्तो प्रविधिको विकास गरेका छन् जसले वायुमण्डलमा रहेको कार्वनडाइअक्साइड सोस्न सक्दछ ।

वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा उच्च हुँदा हरितगृह प्रभाव बढेको र जलवायु परिवर्तन भएको परिप्रेक्ष्यमा कार्वनडाइअक्साइड सोस्ने प्रविधिको विकास हुनुलाई यस दिशामा क्रान्तिकारी उपलब्धी मानिएको छ ।

के हो यो प्रविधि र?

जूरिचको बाहिरी इलाकास्थित हिनविल रिसाइक्लिंग केन्द्रको बाहिर १८ वटा विशाल पंखा भएको मेसिन जडान गरिएको छ । हरेक पंखा एउटा वासिङ मेसिनको आकारका छन् ।

यी पंखाले आसपासको हावालाई आफुतर्फ खिच्दछन् । पंखालको भित्री भागमा रहेको रसायनको पत्रयुत्तः फिल्टरले कार्वनडाइअक्साइडलाई सोसेर लिन्छ । जब यो फिल्टर १ सय डिग्री सेल्सियस सम्म तातो हुन्छ तब शुद्ध कार्वनडाइअक्साइडलाई एकत्रित गर्दछ ।

यो प्रविधिलाई डाइरेक्ट एयर क्याप्चर सिस्टमको नाम दिइएको छ । स्विस कम्पनी क्याइमवक्र्सले यो तयार गरेको हो ।

यो मेसिनले एक वर्षमा वायुमण्डलको ९ सय टन कार्वनडाइअक्साइडलाई सोस्न सक्दछ । कम्पनीले उक्त कार्वनडाइअक्साइडलाई ६ सय डलर प्रतिटनको मूल्यमा तरकारी उत्पादकलाई बेच्दछन् । वास्तवमा शुद्ध कार्वनडाइअक्साइड माछादेखि लिएर कंक्रिट बनाउन, कार सिट देखि लिएर टुथपेष्ट बनाउन तथा तेल उत्खनन देखि लिएर इडिजेल बनाउने लगायतमा प्रयोग गरिन्छ ।

अमेरिकामा त कार्वनडाइअक्साइडको व्यापारा निकै फैलिरहेको छ ।

कति व्यवहारिक ?

क्लाइमवक्र्सका सहसंस्थापक इयान वर्जबेकरका अनुसार पहिलोपटक कार्वनडाइअक्साइडलाई व्यवसायिक रुपमा बेचिएको छ र यस्तो प्रकारको यो पहिलो प्रयास हो ।

उनी भन्छन्, ‘यो अहिले महंगो प्रविधि हो र हामीले लागतलाई प्रतिटन १ सय डलसम्म झार्ने कोसिस गरिरहेका छौँ । यो प्रविधिलाई व्यापक बनाएर यसको लागतलाई कम गर्न सकिन्छ ।’

सन् २०२५ सम्ममा विश्वको कार्वन उत्सर्जनको एक प्रतिशत हिस्सा वायुमण्डलबाट सोस्ने योजना कम्पनीको रहेको छ । तर यसका लागि यस्ता साढे ७ लाख मेसिन जडान गर्नुपर्दछ र ती मेसिन चलाउनका लागि ठूलो मात्रामा उर्जा खपत हुनेछ ।

डाइरेक्ट एयर क्याप्चर प्रणालीमा क्यानडाका अन्य दुई कम्पनीले पनि काम गरिरहेको बताइएको छ ।

धेरै ढिलो भैसक्यो

यद्यपि विशेषज्ञहरुले यसको व्यवहारिकतामाथि प्रश्न उठाइरहेका छन् । तर कतिपय मानिसहरुका अनुसार वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रालाई सिमामा राख्ने मौका विश्वले गुमाइसकेको छ । र, अब यस्तै प्रकारका यन्त्रको आवश्यकता छ।

इयान वर्जबेकर भन्छन्, ‘२० वर्ष पहिले कार्वन उत्सर्जन कम गर्ने कुरामा मात्र जोड दिनु सही थियो । तर सन् २०५० सम्म वायुमण्डलबाट १० गिगाटन कार्वनडाइअक्साइड हरेक वर्ष निकाल्नु आवश्यक हुनेछ ।’

वायुमण्डलमा कार्वनडाइअक्साइको मात्रा ०।०४ प्रतिशत छ । तर औद्योगिक युग सुरु हुनुअघि भन्दा अहिले वायुमण्डलमा कार्वनडाइअक्साइडको घनत्व तिव्र रुपमा बढिरहेको वैज्ञानिकहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस