घरघरमा उपचार सेवा दिँदै विप्लवका छोरा प्रकाश

आइतबार, २८ बैशाख २०७७, १४ : १६
घरघरमा उपचार सेवा दिँदै विप्लवका छोरा प्रकाश

चितवन । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ केन्द्रीय समितिले  कपिलवस्तुमा ५ दिने निःशुल्क घुम्ती स्वास्थ्य सेवा मार्फत ५३० जनालाई स्वास्थ्य सेवा दिएको छ । 

विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ केन्द्रीय समितिले यो जटिल अवस्थामा आम नागरिकलाई कोरोनाबारे सचेत बनाउँदै नागरिकका सामान्य स्वास्थ्य समस्या समाधानका लागि विभिन्न ठाउँमा पाँच दिने निःशुल्क घुम्ती स्वास्थ्य सेवा प्रवाह गरेको बताइएको छ । 

चिकित्सा शिक्षा संर्घष समिति र अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले सबै सुरक्षा विधि अवलम्बन गरी जिल्लाको शिवराज गाउँपालिकाको विभिन्न ठाउँमा नागरिकको घर घरमा पुगेर कोरोना विरुद्ध सचेतनासँगै ५३० जनालाई विभिन्न प्रकारका रोगको उपचार सेवा प्रदान गरेको चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक डा प्रकाश चन्दले जानकारी दिए। चितवन मेडिकल कलेजको सहकार्य र स्थानीय बासिन्दाहरुको सहभागितामा कार्यक्रम सफल भएको चन्द बताउँछन् ।  

चितवन मेडिकल कलेजका डाक्टर र अन्य स्वास्थ्यकर्मीहरुकोे सहभागिता र गाउँमा भएका राजनीतिक दल युवा क्लब, समूह अभियान्ता र सुरक्षाकर्मीसँग सहकार्य गरी शिबराज गाउँपालिका वडा नम्वर ९ शिवगढी कपिलवस्तु भोकरमा ५० जना, भगवानपुरमा १०० जना, रमाधमा १८० जना, तुरुन्तपुर सहिद स्मृति प्रतिष्ठानमा २०० जना गरी ५३० जना गरिव तथा विपन्न नागरिकलाई छालासम्बन्धी एलर्जी, दीर्घ रोगहरु, उच्च रत्तचाप, चिनीरोग, पेटसम्बन्धि ग्यास्टाटिस, पेट दुख्ने, झाडापखाला, महिला सम्बन्धि रोगहरु, रुगाखोकी, ज्वरो, हातखुट्टा पोल्ने, झमझमाउने, जिउ दुख्ने जस्ता, रोगहरुको निःशुल्क औषधी उपचार गरेको महासंघका अध्यक्ष टीकाप्रसाद कँडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख  छ । 

चितवनको कोरोना अस्पतालबाट भएको घटना प्रति पनि महासंघले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नागरिकको स्वास्थ्य उपचारमा आएको सामान चोरी गरी लानेहरुलाई कारबारही गर्न पनि महासंघले भनेको छ । आफूहरुले स्थानीयहरुलाई निःशुल्क सर्जीकल माक्स पनि बितरण गरेको उनले जनाए ।  

आफनो संगठनका व्यक्तिहरुलाई गिरफतार गर्ने धरपकड गर्ने र झुठा मुद्दा लगाउने काम भएकाले यस्को पनि घोर भत्र्सना गरिएको केन्द्रिय अध्यक्ष टीकाप्रसाद कँडेलले बताए । यो जटिल अवस्थामा बुद्धिजीवी, पत्रकार, अधिकारकर्मी, नागरिक समाज, अभिययान्ता राष्टसेवक, सुरक्षा कर्मी, कर्मचारी युवा विद्यार्थी आमनागरिकलाई कोरोनाबिरुद्ध सम्यमित भई यो लडाइँलाई जित्न चन्दले आग्रह गरे ।