ओली र प्रचण्डबीच भेटवार्ता

सफल खबर संवाददाता

शनिबार, २७ बैशाख २०७७, १५ : ४७
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच आज शनिबार दिउँसो भेटवार्ता भएको हो ।

दुई नेताबीच पार्टी नेताहरुको माग अनुसार स्थायी समिति बैठक, सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस