Safal Khabar - अमेरिकन आइडलमा पुगेका दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा प्रदर्शन
शनिबार, २७ असार २०७७ (Saturday, 11 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
अमेरिकन आइडलमा पुगेका दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा प्रदर्शन
शनिबार, २७ बैशाख २०७७, १२ : २६
अमेरिकन आइडलमा पुगेका दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा प्रदर्शन

काठमाडौं । अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ । 

यो सिजनको टप टेन भित्र परेका नेपाली ठिटो दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा ब्यानर प्रदर्शन गरिएको हो । गायक दिवेश पोखरेलकी ९३ वर्षीय हजुरआमा समेत ब्यानर प्रदर्शनमा आउनुभएको थियो । आफ्नो गायन प्रतिभाले अमेरिकी मात्र हैन विश्वभरिबाट अमेरिकन आइडल हेर्ने दर्शकको मन जितेका युवा गायक दिवेश पोखरेल भोलि आइतबार हुने टप सेभेनका लागि बलियो प्रतिस्पर्धी पनि बनेका छन् । 

आज (शनिवार) बिहान दिवेश पोखरेलकी ९३ वर्षीय हजुरआमा सहित स्थानीयहरुले कलंकी मन्दीर परिशरमा ब्यानर प्रदर्शन गरेका छन् । स्थानीयहरुले गायक पोखरेको समर्थनमा भोटिंग अभियान समेत सुरु गरेका छन् । समर्थन अभियानको अगुवाई गरेका गायक पोखरेलका छिमेकी बिक्की श्रेष्ठले नेपाली प्रतिभा अमेरिकन आइडल जस्तो विश्व चर्चित गायन प्लेटफर्म पुग्नु गौरवको विषय भएको बताउनु भयो । युवा गायक पोखरेलको समर्थनमा भोटिंग गरेर सबै नेपालीलाई सहयोग गर्न आग्रह पनि गर्नु भयो ।

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस