काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको हो।
यस्तै पूर्वी भू–भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परेको मौसमविदले बताएका छन् । शनिबार दिउँसो देशका पहाडी भू–भागमा सामान्य बदली रहने र बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएको छ।
पहाडी क्षेत्रका केही स्थान र तराइका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
राति पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएको छ । मध्य र पूर्वका थोरै स्थान तथा पश्चिमका पहाडका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ बैशाख २०७७, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?