सिंहदरबार गेटमा प्रहरी र चिनियाँ नागरिकबीच दोहोरो झड्प

सफल खबर संवाददाता

शुक्रबार, २६ बैशाख २०७७, १७ : २९
सिंहदरबार गेटमा प्रहरी र चिनियाँ नागरिकबीच दोहोरो झड्प

काठमाडौं । नेपालबाट आफ्नो देश चीन फर्कन माग गर्दै सिंहदरबार गेटमा धर्ना दिन पुगेको चिनियाँ नागरिक र प्रहरीबीच केहीबेरअघि दोहोरो झडप भएको छ । वि वान्ट टु गो व्याक र वि ह्याभ नो मनी लेखिएका प्लेकार्ड सहित चिनिया नागरिकको एक समुह सिंहदरबार गेटमा धर्ना दिन जान लाग्दा प्रहरीले रोकेपछि दोहोरो झडप भएको हो । प्रहरीले रोक्न खोज्ने र चिनियाँ नागरिक बजफ्ती सिंहदरबार गेट जान खोज्ने गर्दा दोहोरो झडपको अवस्था आएको हो । झडपका क्रममा एक डिएसपी सहित झण्डै ६ जना घाइते भएको बताइएको छ । 

निषेधित क्षेत्रमा जुलुससहित चिनियाँ नागरिक आएपछि प्रहरीले लाठीचार्ज समेत गरेको थियो । उनीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । आसपास नबस्न भन्दै त्यहाँबाट भगाउन खोजेपनि उनीहरु जान मानेका थिएनन् । सडक पेटीमै लमतन्न पर्दै उनीहरुले घर फर्कन पाउनुपर्ने माग गरे । 

झण्डै दुईदर्जनको संख्यामा आएकामध्ये केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस