काठमाडौं । बितेको २४ घण्टामा कोरोनाभाइरसको नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उनकाअनुसार संक्रमित ९९ जनामध्ये २२ जना निको भएका छन् । बाँकी संक्रमितको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको भन्दै उनले सबैको अवस्था सामान्य रहेको बताए ।
उनका अनुसार हालसम्म १४ हजार ५०९ जनामा पीसीआर विधिबाट परीक्षण भएको छ भने हालसम्म आरडीटीमार्फत ५४ हजार ९३ जनाको परीक्षण भएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
घूससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने
प्रदेश नं १ मा ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
सिरहामा लागुऔषध गाँजासहित तीन पक्राउ
लागुऔषधसहित पाँच पक्राउ
कोभिडविरुद्धको खोप पुग्यो