क्यान्सर अस्पताल भरतपुरको कार्यकारी निर्देशकमा डा गौतम

विहीबार, २५ बैशाख २०७७, १५ : ३३
क्यान्सर अस्पताल भरतपुरको कार्यकारी निर्देशकमा डा गौतम

चितवन ।  भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा देजकुमार गौतम नियुक्त भएका छन् । 

यसअघिका कार्यकारी निर्देशक डा विजय आचार्यको तीनवर्षे कार्यकाल बैशाख २३ गतेबाट सकिएपछि अस्पतालको बोर्ड बैठकले डा गौतमलाई कार्यकारी निर्देशक चयन गरेको हो ।

अस्पतालका नाक, कान, घाँटी विभागका प्रमुख डा गौतमको  कार्यकाल तीन वर्षको हुनेछ । नवनियुक्त कार्यकारी निर्देशक डा गौतमले अस्पतालले प्रदान गर्ने सेवा सुविधालाई अझै सर्वसुलभ र सहज बनाउने बताए । 

प्रतिक्रिया दिनुहोस