कक्षा १ देखि ९ सम्मको अनलाइन कक्षा बन्द गर्न अखिल क्रान्तिकारीको माग, भर्ना लिने बहाना भएको आरोप

विहीबार, २५ बैशाख २०७७, १३ : ४७
कक्षा १ देखि ९ सम्मको अनलाइन कक्षा बन्द गर्न अखिल क्रान्तिकारीको माग, भर्ना लिने बहाना भएको आरोप

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले कक्षा १ देखि ९ सम्मको अनलाइन कक्षा बन्द गर्नु पर्ने बताएको छ । लकडाउनमा विद्यार्थी भर्ना गर्ने बाहना बनाइएको र आधारतभूत तहमा अनलाइन कक्षा प्रभावकारी नहुने भन्दै अखिल क्रान्तिकारीले अनलाइन कक्षा संचालन नगर्न आग्रह गरेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले विज्ञप्ति जारी गरेर काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाहरुमा लकडाउनको बेला विद्यार्थी भर्ना गर्ने उद्देश्यले अनलाइन कक्षा संचालन गरिएको बताउँदै बन्द गर्न माग गरेका छन् । तर, कक्षा १० देखि १२ सम्म अनलाइन कक्षा प्रभावकारी हुने भन्दै अखिल क्रान्तिकारीले त्यसलाई व्यवस्थित गर्न इन्टरनेट सेवा निःशूल्क उपलब्ध गराउन सरकारसँग माग समेत गरेको छ ।

विज्ञप्तिमा बिकले पाँचवटा कारणले आधारभूत तहमा अनलाइन कक्षा प्रभावकारी नहुने बताएका छन् । “अनलाइन कक्षा आधारभूत तहका विद्यार्थीहरुका लागि प्रभाबकारी हुने देखिँदैन । पहिलो कुरा शहरमा पढीरहेका अधिकांश बिद्यार्थीहरु हाल गाउघरमा छन् । दोस्रो, ती सम्पूर्ण बिद्यार्थीहरु इन्टरनेटको पहुँचमा छैननु । तेस्रो, इन्टरनेट भएतापनि त्यसको प्रयोग गर्ने स्रोत साधनको उपलब्धता सबै विद्यार्थीहरुसँग हुँदैन र छैन पनि । चौथो, सबै बिद्यालयहरु अनलाइन कक्षा सञ्चालन गर्न प्राबिधिक तथा ब्यबस्थापकिय दृष्टिले समेत सक्षम छैनन् । र पाचौं, हाल केही शैक्षिक संस्थाहरुद्वारा सञ्चालित अनलाइन कक्षाको प्रभाबकारीताको बारेमा पनि अभिभाबकहरुका ब्यापक गुनासाहरु प्राप्त भएका छन् । तसर्थ कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुका लागि अनलाइन कक्षा तत्काल बन्द गर्न संगठन जोडदार माग गर्दछ” विज्ञप्तिमा भनिएको छ ।

संयोजक बिकले लकडाउनको बेला विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयले जारी गरेको निर्देशनलाई केही शैक्षिक संस्थाहरुले अटेर गरेको बताउँदै अनलाइन कक्षा पढाउने नाममा विद्यार्थी भर्ना गर्ने शक्षिक संस्थालाई कारवाही गर्ने चेतावनी समेत दिएका छन् । “हाल काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रका केही शैक्षिक संस्थाहरुद्वारा आधारभूत तहका बिद्यार्थीहरुलाई अनलाइनमार्फत पढाउने बाहनामा भर्ना गर्ने गराउने कार्य भइरहेको बताउँदै  छ । लकडाउनका कारण विद्यार्थी भर्ना नलिन शिक्षा मनत्रालयबाट जारी गरिएको निर्देशन समेतभित्रि रुपमा अटेर गरिएको छ । साथै,  कोरोना महामारीको यस संकटको समयमा केही बिद्यार्थीहरुलाई अनलाइन कक्षा पढाउने नाममा बिद्यार्थी भर्ना गर्ने शैक्षिक संस्थाहरुलाई संगठन कार्बाही गर्न बाध्य हुने ब्यहोरा अबगत गराउन चाहन्छौं” विज्ञप्तिमा उल्लेख छ ।

कक्षा १० देखि १२ सम्म र विश्वविद्यालय तहमा अनलाइन कक्षाको साथै पठनपाठनका अन्य विकल्प समेत अबलम्बन गर्न त्रिभुवन विश्ववविद्यालयसहित सम्बन्धित पक्षाको अखिल क्रान्तिकारीले ध्यानाकर्षण समेत गराएको छ । त्यसैगरी अखिल क्रान्तिकारीले अनलाइन कक्षा लिनका लागि बिद्यार्थीहरुलाई नेपाल सरकारद्वारा टेलीकम कम्पनीहरुमार्फत इन्टरनेट तथा डाटा निःशुल्क गर्न माग गर्नुको साथै बिश्व स्वास्थ्य संगठनको कोरोना नियन्त्रण सम्बन्धी मादण्डभित्र रही लकडाउनको बिकल्प खोज्न सरकारसँग माग  समेत गरको छ ।

यस्तो छ विज्ञप्तिः

कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण गर्न डेढ महिनादेखि निरन्तर जारी गरिएको लकडाउनका कारण नेपालमा करिब ९० लाख विद्यार्थीहरुको पठनपाठन ठप्प भएको छ । सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द अबस्थामा रहेका छन् । विद्यार्थी तथा अभिभाबकहरुमा निराशा, चिन्ता र समग्र भबिश्यप्रतिको अन्यौलता बढ्दै गइरहेको छ । तर, वर्तमान दलाल पुँजीवादी सरकार बिभिन्न घोटाला, भ्रष्टाचार र अपहरणकाण्ड मच्चाइरहेको छ । कोरोना महामारीबाट जनता जोगाउनेभन्दा आफ्नो कुर्सी जोगाउनमै सरकार रन्थनिएको छ ।
हाम्रो संगठनद्वारा यसअघि कक्षा १० देखि १२ र बिश्वबिद्यालय तहमा अनलाइन कक्षा सञ्चालन गर्न सम्बन्धित पक्षहरुसँग अपिल गरिएको ब्यहोरा अवगत गराउन चाहन्छौं । साथै अनलाइन कक्षासँग सम्बन्धित बिषयमा संगठनको धारणा स्पष्ट गर्न यो प्रेस बिज्ञप्ति जारी गरिएको छ ।
१. हाल काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रका केही शैक्षिक संस्थाहरुद्वारा आधारभूत तहका बिद्यार्थीहरुलाई अनलाइनमार्फत पढाउने बाहनामा भर्ना गर्ने गराउने कार्य भ्ँइरहेको छ । लकडाउनका कारण विद्यार्थी भर्ना नलिन शिक्षा मनत्रालयबाट जारी गरिएको निर्देशन समेतभित्रि रुपमा अटेर गरिएको छ । साथै, अनलाइन कक्षा आधारभूत तहका विद्यार्थीहरुका लागि प्रभाबकारी हुने देखिँदैन । पहिलो कुरा शहरमा पढीरहेका अधिकांश बिद्यार्थीहरु हाल गाउघरमा छन् । दोस्रो, ती सम्पूर्ण बिद्यार्थीहरु इन्टरनेटको पहुँचमा छैननु । तेस्रो, इन्टरनेट भएतापनि त्यसको प्रयोग गर्ने स्रोत साधनको उपलब्धता सबै विद्यार्थीहरुसँग हुँदैन र छैन पनि । चौथो, सबै बिद्यालयहरु अनलाइन कक्षा सञ्चालन गर्न प्राबिधिक तथा ब्यबस्थापकिय दृष्टिले समेत सक्षम छैनन् । र पाचौं, हाल केही शैक्षिक संस्थाहरुद्वारा सञ्चालित अनलाइन कक्षाको प्रभाबकारीताको बारेमा पनि अभिभाबकहरुका ब्यापक गुनासाहरु प्राप्त भएका छन । तसर्थ कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुका लागि अनलाइन कक्षा तत्काल बन्द गर्न संगठन जोडदार माग गर्दछ । कोरोना महामारीको यस संकटको समयमा केही बिद्यार्थीहरुलाई अनलाइन  कक्षा पढाउने नाममा बिद्यार्थी भर्ना गर्ने शैक्षिक संस्थाहरुलाई संगठन कार्बाही गर्न बाध्य हुने ब्यहोरा अबगत गराउन चाहन्छौं ।
२. कक्षा १० देखि १२ सम्म र बिश्वबिद्यालय तहमा अनलाइन कक्षाका साथै पठनपाठनका अन्य बिकल्पहरु समेत अबलम्बन गर्न त्रिभुबन बिश्वबिद्यालयसहित अन्य सम्बन्धित पक्षको बिशेष  ध्यानाकर्षण गराउदछौं ।
३. साथै अनलाइन कक्षा लिनका लागि बिद्यार्थीहरुलाई नेपाल सरकारद्वारा टेलीकम कम्पनीहरुमार्फत इन्टरनेट तथा डाटा निशुल्क गर्न जोडदार माग गर्दछौं ।
४. बिश्व स्वास्थ्य संगठनको कोरोना नियन्त्रण सम्बन्धी मादण्डभित्र रही हाल जारी लकडाउनको बिकल्प खोज्न सरकारसँग माग जोडदार गर्दछौं ।

प्रतिक्रिया दिनुहोस