सामग्री कमहुँदा परिक्षण कम

चीन र अन्तराष्ट्रिय एनजिओबाट चिकित्सा सामग्री नेपालमा

सफल खबर संवाददाता

बुधबार, २४ बैशाख २०७७, १९ : २०
सामग्री कमहुँदा परिक्षण कम

फाईल फोटो

काठमाडौँ । अत्यावश्यक चिकित्सा सामग्रीको अभाव हुँदा कोरोना भाइरस(कोभिड–१९) को परिक्षण विगत केहि दिन यता कम हुँदै गएको छ । तर संक्रमण नियन्त्रणमा सघाउँदै छिमेकी मुलुक चीन र अन्तराष्ट्रिय एनजओ एसोसियसनले अत्यावश्यकीय चिकित्सा सामग्री नेपालका लागि पठाएपछि राहत पुगेको छ । 

थर्मल गन, मास्क, ग्लोब्स लगायतका सामग्री आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हस्तान्तरण गरिएको छ । कोरोना संक्रमण परिक्षण तथा नियन्त्रण लागि अन्तराष्ट्रिय एनजिओ एसोयिसनका तर्फबाट ४५ करोड १८ लाख रुपैयाँ बराबरको अत्यावश्यक सामग्रीहरु नेपाल आएको हो । 

त्यस्तै चीनको परराष्ट्र मन्त्रालय स्थित एसियन मामिला विभाग र काठमाडौँ स्थित चिनिया राजदूतावासका तर्फबाट पनि विभिन्न अत्यावश्यकीय चिकित्सा सामग्री नेपाललाई सहयोग स्वरुप उपलब्ध गराइएको छ । उपलब्ध सामग्रीमा एन–९५ मास्क १० हजार थान, सर्जिकल मेडीकल मास्क ३ लाख ३८ हजार थान, पिपिई ९ हजार थान र  ९ हजार थान गगल्स रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितीमा ति सामग्री नेपाललाई हस्तान्तरण गरिएको जानकारी प्रवक्ता डा.विकास देवकोटाले बताए । पछिल्लो समय यस्ता अत्यावश्यकीय सामग्रीको अभावमा नेपालमा कोरोना परिक्षण कम हुँदै गएको थियो । आज आएको चिकित्सा सामग्रीले मन्त्रालयको अभावमा राहत पुगेको छ । अब यि सामग्रीको उचित व्यवस्थापनसँगै परिक्षणलाई थप तिब्र बनाउने देवकोटाले जानकारी दिए । आजका दिनसम्म पिसिआर विधिबाट १४ हजार ९६ जनाको परिक्षण गरिएको छ । त्यस्तै आरडिटी  विधिबाट ५२ हजार ९७० परिक्षणल भएका छन् । गत २४ घण्टामा मात्र ९९१ जनाको मात्र परिक्षण भएको छ । विगतका दिनमा एकै दिन दुईहजार सम्मको परिक्षण हुने गरेको थियो । अत्यावश्यकीय सामग्रीको अभाव हुँदा तिब्र गतिको परिक्षणमा कमि आउँदा कोरोना भाइरसको संक्रमण नजानिदो रुपले कतिलाई फैलयो त्यसको हेक्का मन्त्रालयलाई पनि छैन ।

मौज्दातको अवस्थाका कारण परिक्षणको संख्या कम भएको थियो अवका केही दिनमा सामगीको व्यवस्थापन सहित पुन परिक्षण बढ्ने छन, देवकोटाले भने । हालसम्म परिक्षण भएका मध्ये पोजेटिभ भेटिएका कुल १०७ जना आइसोलेसनमा रहेका छन् जसमध्ये उपत्यकामा ७ जना र उपत्यका बाहिर १२९ जना रहेका छन् । क्वारेन्टाइनमा भने हाल १९ हजार ७३४ क्वारेन्टाइनमा रहेका छन् ।