किट्सको अभाव हुँदा पनि चीनबाट स्वास्थ्य सामग्री ल्याउन सेनाको ढिलाइ

बुधबार, २४ बैशाख २०७७, ०७ : ४०
किट्सको अभाव हुँदा पनि चीनबाट स्वास्थ्य सामग्री ल्याउन सेनाको ढिलाइ

काठमाडौं । देशमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा र परीक्षण किट्सको अभाव सुरु भइसक्दा पनि नेपाली सेनाले विदेशबाट स्वास्थ्य सामग्री ल्याउन सकेको छैन ।

सरकारले सेनालाई जिटुजीमार्फत शून्य कमिसनमा स्वास्थ्य सामग्री खरिदका लागि १६ चैतमा जिम्मा दिएको थियो । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले तयार पारेको सूचीअनुसार स्वास्थ्य मन्त्रालयको समन्वयमा चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री र भारतबाट ५३ प्रकारका औषधि किन्ने तय भएको थियो ।

जसअनुसार सेनाले चीनबाट हवाई साधनमार्फत पिपिई, एन–९५ मास्क, पिसिआर टेस्टिङ किट्स, मेसिन, कीटाणुनाशक स्प्रेलगायत तत्काल आवश्यक सामग्री ल्याउने तयारी गरेको थियो । आपूर्तिकर्तासँगको सम्झौताअनुसार दुई लटमा करिब ४० टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने सेनाको तयारी थियो ।

हवाई उडानबाट २० टन र बाँकी स्वास्थ्य उपकरण र सामग्री तातोपानी नाका हुँदै काठमाडौं ल्याउने सम्झौता गरेको थियो । स्थलमार्गबाट बाँकी सामान ग्वान्जाओबाट तातोपानी नाका हुँदै काठमाडौं ल्याउने सम्झौता छ । ग्वान्जाओबाट काठमाडौंसम्म सामग्री आइपुग्न आउन कम्तीमा दश दिन लाग्ने भएको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस