जसले क्यान्सर अस्पतालको मुहार फेरे

सोमबार, २२ बैशाख २०७७, १६ : १०
जसले क्यान्सर अस्पतालको मुहार फेरे

– नारायण अधिकारी 
चितवन । चार वर्ष अघि यहाँको बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा वेथिति बढेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरी सेवा सुधारका लागि पहल गरेको थियो । अस्पतालका उपकरणहरु थन्किएका थिए । उपकरण बिग्रिएर  र आवश्यक रि–एजेन्टहरु नहुँदा अधिकांश सेवा ठप्प हुँदै गएको थियो । 

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यालय समयमा बाहिर सेवा गर्न थालेपछि  प्रशासनले प्रत्यक्ष  चेकजाँच समेत गरेको थियो । यसबीचमा अस्पतालका कार्यकारी निर्देशकमा प्राडा विजयचन्द्र आचार्य नियुक्त हुनुभएपछि अस्पतालको भौतिक, उपकरण , सेवा तथा प्रशासनिक लगायतका क्षेत्रमा आमूल सुधार आएको जनाइएको छ । उहाँको तीनवर्षे कार्यकालको नियुिक्त विस २०७४ वैशाख २४  गते भएको थियो ।  

उहाँले भन्नुभयो,“ मैले कार्यभार संहाल अस्पतालमा १ सय ९४ श्यया रहेको थियो । अहिले ४ सय ५० पुगेको छ । आठ वटा अत्याधुनिक मोडुलर शल्यक्रिया थ्रेटर जडान गरिएको छ । यस अघि चारवटा पुरानो ढाँचाका थे्रटर  रहेका थिए । यस्तै १८ श्ययाको सघन उपचार कक्ष निर्माण गरिएको छ ।” वि.सं. २०५७ मा एक सय श्ययाबाट अस्पताल सञ्चालनमा आएको  थियो । 

अस्पतालमा अतिरिक्त विस्तारित सेवा सुरु गरिएको छ । यसले गर्दा कार्यालय समय बाहेकको समयमा थप शुल्क तिरेर बिरामीले उपचार सेवा पाएका छन् । यस संगै निजीको महंगो शुल्कबाट बिरामी जोगिएका छन् । कार्यकारी निर्देशक डा आचार्यका अनुसार पोखरा विश्वविद्यालयसंग सहकार्य गरेर स्नातक नर्सिङ् अंकोलोजिमा पढाई सुरु भएको छ । दोस्रो सत्रका विद्यार्थी अहिले अध्ययनरत छन् । अहिले ३० जना विद्यार्थी  अध्ययनरत रहेका छन् । अस्पतालमा तीन वटा नयाँ रेडियोथेरापि उपकरण थप गरिएको छ भने एउटा पुरानोलाई मर्मत गरि संञ्चालनमा ल्याइएको छ । उहाँले दैनिक ६० जना हाराहारीले सो सेवा पाउने गरेकोमा अहिले २०० जनाले सुबिधा पाएका छन् ।यसका कारण पालोमा बस्नु नपर्ने भएको छ । 

अस्पतालले अक्सिजन प्लान्ट र फोहोर व्यवस्थापनको काम सुरु गरेको छ । अस्पतालका काउण्टर कृषि बिकास बैङक मार्फत् सञ्चालन गरिएका छन् । अस्पतालको प्याथोलोजिमा नयाँ उपकरण जडान गरिएको छ भने दुई–दुई घण्टामा नतिजा दिनका लागि आकस्मिक प्रयोगशाला संञ्चालनमा ल्याईएको छ । लोक सेवा मार्फत भर्ना र कर्मचारीको वृत्तिबिकासको काम थालिएको छ । 

अस्पतलामा थन्किएका सिटि, एमआरआई, प्लेटलेट फेरेसिस जस्ता उपकरणहरु सञ्चालनमा आएका छन् भने शल्यक्रिया र वहिरंग सेवा दैनिक संञ्चालनमा आएका छन् । उहाँले भन्नुभयो,“यस अघि शल्यक्रिया र वहिरंग सेवा पालो गरेर दिने गरिन्थ्यो । अव पालो कुनु पर्दैन । अस्पतालको मर्मत सम्भार, रङ्ग रोगन, कालोपत्रेको ओभरले जस्ता भौतिक निर्माणका काम सम्पन्न गरिएका छन् । ”अस्पतालमा बन्दै गरेको भवन सम्पन्न गरि सेवा बिस्तार गरिएको हो । अस्पतालले आफ्नै फार्मेसी सेवा  शुरुआत  गरेको छ । 

उहाँका अनुसार दैनिक ३ सय हाराहारीका बिरामीको संख्या ७ सय पु¥याईएको छ भने दैनिक रु ४ लाख हाराहारीको राजस्व रु १५ लाख पु¥याइएको छ । अस्पतलाले बार्षिक रुपमा क्यान्सरका मात्र आठ हजार बिरामीलाई सेवा दिदै आएको छ । गतवर्ष सबै बिरामी गरि १ लाख ४० हजारले सेवा लिएको अस्पताललले जनाएको छ । 

नेपालका ७७ जिल्ला र भारतीय सिमा क्षेत्रबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । चिनिया सरकारको सहयोगमा सो अस्पताल बनेको हो । अस्पतालमा हाल चिनिया १५ जना विशेषज्ञ चिकित्सक सहित ७ सय हाराहारी चिकित्सक,स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत रहेका छन् । 

अस्पतालमा उप–कार्यकारी निर्देशक हुँदा हुँदै हालै मात्र अध्यक्ष हुनु भएका डा. निर्मल लामिछाने अस्पतालको आन्तरिक विकास र व्यवस्थापनमा आमूल परिवर्तन आएको बताउनुहुन्छ । जसका कारण बिरामीले नीजिमा धाउनु नपर्ने भएको र छोटो समयमा नतिजा प्राप्त गर्न सफल भएको उहाँको भनाई छ । न्यून शुल्कमा उपचार हुने भएकाले धेरैको आकर्षण क्यान्सर अस्पतालमा छ । 

क्यान्सर सेवा समाजका सल्लाहाकार संयोजक श्यामप्रसाद लामिछाने अस्तव्यस्थ वनेको क्यान्सर अस्पतालले गति लिएको जानकारी दिनुहुन्छ । आर्थिक रुपमा सम्पन्न नभएका बिरामीको पनि उपचार गर्ने अस्पताल भएकाले यसको छुट्टै महत्व भएको उहाँ बताउनुहुन्छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमवहादुर परियारले अस्पताल अहिले सुधारात्मक ढङ्गबाट अघि वढेको  बताउनुहुन्छ  । अस्पताल सेवाका बारेमा जिल्लाका सबैले चिन्ता व्यक्त गरेका थिए ।

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ धारासायी बनिसकेको अस्पतालको प्रशासनिक, भौतिकसंगै उपचारका सेवाहरु सबैमा आमूल परिवर्तन आएको बताउनुहुन्छ ।  बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताललाई एसियाकै नमुना अस्पताल बनाउने संकल्पका साथ स्थापना गरिएको हो  । धारासायी हुनबाट बचेर सुधारको बाटोमा अघि बढे पनि अझै थप व्यवस्थित गरि सुबिधा दिनुपर्ने सर्वसाधारण बताउँछन् ।  (रासस)