र्‍यापिड डाइग्नोस्टिक किटलाई परिवर्तन गरिने

आइतबार, २१ बैशाख २०७७, १८ : ५०
र्‍यापिड डाइग्नोस्टिक किटलाई परिवर्तन गरिने

काठमाडौं । सरकारले कोरोनाभाइरस कोभिड १९ को परीक्षणका लागि अहिले प्रयोग गरिरहेको र्‍यापिड डाइग्नोस्टिक किटलाई परिवर्तन गर्ने भएको छ ।

यो किट परिर्वतन गरेर आईजीएम र आईजीजी दुवै पत्ता लगाउने किट ल्याउने सम्झौता गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले जनाएको छ । 

विभागले गत बुधबार नयाँ प्रकारको र्‍यापिड टेस्टिङ किट खरिदका लागि चीनको विद म्यानेजमेन्ट कम्पनीसँग सम्झौता गरेको विभाग स्रोत बताउँछ । नयाँ किट दुई लाख ल्याउने तयारी भएको विभागले बतायो ।

विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले नयाँ ल्याउन लागिएकोे किटले आईजीएम र आईजीजी दुवै पत्ता लगाउने बताउँछन् । 
‘पहिला ल्याएको र्‍यापिड डाइग्नोस्टिक किटभन्दा अहिले ल्याउन लागेको नयाँ किट वैज्ञानिक र राम्रो रहेको छ’ उनले भने, ‘अहिले सञ्चालनमा आएको र्‍यापिड डाइग्नोस्टिक किटले कुनै पनि भए एउटा धर्का देखिने गथ्र्यो तर अब ल्याउन लागेको नयाँ किटले आईजीएम र आईजीजी बेग्ला बेग्लै धर्का देखाउँछ ।’

प्रतिक्रिया दिनुहोस