धनुषा । बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका ११ स्थितआनन्द ईन्टरप्राईजेज हार्डवयरका संचालक सोही ठाउँ बस्ने ४८ वर्षीय रामप्रताप साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गर्दै गरेकोअवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विभिन्न ब्रान्डका ४९ बोरा सिमेन्ट सहित साहलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवाना
करपछि बोरामै २० रुपैयाँ बढ्यो सिमेन्ट
छ महिनापछि हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा