चितवनको राप्ती नगरपालिकाका चार बालबालिका दादुराबाट सङ्क्रमित

शनिबार, २० बैशाख २०७७, १३ : ११
चितवनको राप्ती नगरपालिकाका चार बालबालिका दादुराबाट सङ्क्रमित

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा आगामी मंगलबारदेखि दादुरा रुबेला रोग विरुद्धको खोप सञ्चालन हुने भएको छ ।  सो नगरपालिकाका चारबालबालिकामा दादुरा सङ्क्रमण देखिएपछि खोप शुरु गर्न लागिएको हो । 

    स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीका अनुसार सो नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा खोप सञ्चालन गर्न लागिएको हो । ती वडामा रहेका नौ महिनादेखि १५ वर्ष उमेर समूहकालाई खोप लगाइने छ । 

    ती वडामा रहेका करिब सात हजारलाई खोप लगाइने छ । स्वास्थ्य मन्त्रालयकोे निर्देशिका अनुसार सामाजिक दूरी कायम गरी खोप लगाइने छ । नगरपालिका प्र्रमुख प्रभा बरालका अनुसार धादिङमा दादुराको सङ्क्रमण देखिएसँगै सिमाना जोडिएका वडामा रहेका बालबालिकादेखि युवासम्मलाई दादुराको सङ्क्रमण देखिएको हो । (रासस)