२० दिनपछि कार्यक्रममा देखिए किम

सफल खबर संवाददाता

शनिबार, २० बैशाख २०७७, ०७ : ०४
२० दिनपछि कार्यक्रममा देखिए किम

फाईल फोटो

प्योङयाङ। उत्तर कोरियाली शासक किम जोङ उन लगभग २० दिनपछि देखिएका छन् ।   कोरियाली समाचार एजेन्सी योनापले दिएको खबर अनुसार शनिबार एक कार्याक्रममा उनी देखिएका हुन् । 

पछिल्ला थुप्रै दिनदेखि किम जोङ उन नदेखिँदा उनको स्वास्थ्यका विषयमा विभिन्न प्रकारका अडकलबाजी चलिरहेको थियो । प्योङयाङको दक्षिणी क्षेत्रमा रहेको सुनचोन प्रान्तको एक 'फर्टिलाइजर प्लान्ट'को निर्माण समापन कार्यक्रममा किम सहभागी भएको उत्तर कोरियाली मिडियालाई उद्धृत गर्दै योनापले जनाएको छ। 

समाचार एजेन्सीको अनुसार किम जोङ उनले मल बनाउने एक कारखानाको रिबन काटेर उद्घाटन गरे ।
 

प्रतिक्रिया दिनुहोस