विश्व स्वास्थ्य संगठनले भन्यो,– नेपालमा हाम्रो लोगो दुरुपयोग भयो

शुक्रबार, १९ बैशाख २०७७, १४ : ०४
विश्व स्वास्थ्य संगठनले भन्यो,– नेपालमा हाम्रो लोगो दुरुपयोग भयो

काठमाडौं ।  विश्व स्वास्थ्य संगठन  (डब्लुएचओ) ले संस्थाको लोगो दुरुपयोग भएको भन्दै चिन्ता प्रकट गरेको छ ।
नेपालस्थित कार्यालयले नेपालमा विभिन्न प्रयोगहरुमा डब्लुएचओको लोगो अनधिकृत रुपमा प्रयोग भएको जानकारी आएको भन्दै यसप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

लोगो वा प्रतिकको प्रयोग डब्लुएचओद्धारा अनुमोदन गरिएका सामग्रीमा मात्रै प्रयोग गर्न सकिन्छ । लोगो भएको कुनै पनि सामग्री  लिखित अनुमतिविना प्रयोग गर्न नपाईनेसमेत उसले प्रष्ट पारेको छ । त्यसका लागि अनुमति लिने प्रक्रियाको निर्देशिका वेवसाईटमा रहेको उल्लेख गर्दै ध्यानाकर्षण गराएको हो ।

लोगो उपयोगमा डब्लुएचओसँग सहकार्य गरिरहेका सरकारी निकाय तथा संस्थाहरुको मात्र सिमित गरिएको समेत जनाइएको छ । 

यस सन्दर्भमा सबैलाई तोकिए बमोजिक गर्न समेत अनुरोध गरिएको छ । कुनै किसमिको क्रियाकलाप देखा परेमा डब्लुएचओको नेपालस्थित कार्यालयमा जानकारी दिन समेत विज्ञप्तिमार्फत भनिएको छ । 
तर उसले कुन प्रयोजनमा र कसले लोगोको दुरुपयोग गर्यो भनेर प्रष्ट खुलाएको छैन । 
 

प्रतिक्रिया दिनुहोस