अन्तरराष्ट्रिय मजदुर दिवस

कोरोना जोखिमसँगै निम्न वर्गीय श्रमजीवी जनताको लागि सरकारले खद्यान्न सहितको विषेश राहत प्याकेज ल्याउनुपर्छ : अध्यक्ष प्रचण्ड

शुक्रबार, १९ बैशाख २०७७, ०७ : ४९
कोरोना जोखिमसँगै निम्न वर्गीय श्रमजीवी जनताको लागि सरकारले खद्यान्न सहितको विषेश राहत प्याकेज ल्याउनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत रहेका बेला नेपाल पनि यसबाट अछुतो नरहेकाले यस्तो विषम परिस्तथितीमा  निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माणमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

पुर्व प्रधानमन्त्री समेत रहनु भएका उहांले आज शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण श्रमिकको सुस्वास्थ र प्रगतिको अपेक्षासहित भन्नुभएको छ–‘यतिबेला संसारभरका श्रमजीवि मजदुरहरुको रोजगारी गुमिरहेको छ, दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेकाले उनीहरुको भरणपोषणमा सरकारले सक्दो सहयोग गर्न आग्रह गर्दछु ।

विज्ञप्तीमा अगाडी भनिएको छ –‘देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदुर र अन्य जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पु¥याउनुपर्ने सबैको कर्तव्य रहेको  छ । विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत रहेकाले सबै एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठघण्टे कार्यदिनका लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष आजकै दिन अर्थात् मई १ मा विश्वभर अन्तरराष्ट्रिय मजदुर दिवस मनाइन्छ । १३१औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवीलाई शुभकामना व्यक्त गर्नुभएको छ । 

    

प्रतिक्रिया दिनुहोस