काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका-९ कानाकोटस्थित सडकमा बा.५ ख ६७७५ नम्बरको टिपर अनियन्त्रित भई सोमबार राति सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपरका सह-चालक धुनिवेशी नगरपालिका-९ बस्ने ३० वर्षीय अमृत बोगटीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका टिपर चालकको वीर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।
यसैगरी तनहुँको घिरिङ गाउँपालिका-५ बेलभञ्ज्याङ देउरालीस्थित सडकमा ग.१ ज ७५०२ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा जिपमा सवार नवलपरासी(पूर्व) बौद्धकाली गाउँपालिका-२ बस्ने २२ वर्षीया सन्जु पोख्रेलको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएकी उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ५ जनाको शुभ लक्ष्मी मेडिकल भिमादमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतक आठ जनाको पहिचान खुल्यो
दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु
सोलुखुम्बुमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ घाइते
चितवनमा बस र कार ठोकिँदा बसमा सवार १ महिलाको मृत्यु, ९ जना घाइते
मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु
नवलपरासीमा बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते