काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका-९ कानाकोटस्थित सडकमा बा.५ ख ६७७५ नम्बरको टिपर अनियन्त्रित भई सोमबार राति सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपरका सह-चालक धुनिवेशी नगरपालिका-९ बस्ने ३० वर्षीय अमृत बोगटीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका टिपर चालकको वीर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।
यसैगरी तनहुँको घिरिङ गाउँपालिका-५ बेलभञ्ज्याङ देउरालीस्थित सडकमा ग.१ ज ७५०२ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा जिपमा सवार नवलपरासी(पूर्व) बौद्धकाली गाउँपालिका-२ बस्ने २२ वर्षीया सन्जु पोख्रेलको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएकी उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ५ जनाको शुभ लक्ष्मी मेडिकल भिमादमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
धादिङ बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाबाट दुःख व्यक्त
धादिङ दुर्घटना अपडेट : मृतकको संख्या १७ पुग्यो, २८ जना घाइते
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते
दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरमा उद्धार
बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
विराटनगरमा दुर्घटना भएको गाडीबाट ४२० किलो गाँजा बरामद