ओली र प्रचण्डबीच भेटवार्ता सुरु

मंगलबार, १६ बैशाख २०७७, १३ : ३०
ओली र प्रचण्डबीच भेटवार्ता सुरु

फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अहिले कुराकानी चलिरहेको छ ।

दुई नेताबीच पार्टीको बैठक बोलाउने विषयमा छलफल हुने बताइएको छ । नेकपामा आज मंगलबार सचिवालय बैठक बस्ने भनिएपनि अहिलेसम्म बस्ने नबस्ने अन्यौल कायमै छ । 
 

प्रतिक्रिया दिनुहोस