ओलीले बोलाए प्रचण्डलाई बालुवाटार

मंगलबार, १६ बैशाख २०७७, १३ : ०७
ओलीले बोलाए प्रचण्डलाई बालुवाटार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । 

पार्टीभित्र अन्तरद्वन्द्व चर्किरहेको बेला ओलीले प्रचण्डलाई छलफलका लागि बोलाएका हुन् । 

प्रधानमन्त्रीको सचिवालय निकट स्रोतका अनुसार बालुवाटारमा प्रचण्डलाई छलफलका लागि बोलाइएको र केहीबेरमै छलफल सुरु हुनेछ । 

पार्टीभित्रको विवाद, सचिवालय बैठक, स्थायी समिति बैठकलगायतका विषयमा छलफल हुने सचिवालयको भनाइ छ । 

पार्टीभित्र छलफल नै नगरी ओलीले दुई विवादास्पद अध्यादेश ल्याएपछि नेकपाभित्र तीव्र अन्तरविरोध देखिएको छ । ओली इतरका नेताहरुको चर्को विरोधपछि सो अध्यादेश फिर्ता भएपनि विवाद भने कायमै छ । 

इतर पक्षले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने समेतको माग राख्दै अएका छन् ।

प्रतिक्रिया दिनुहोस