कोरोना भाइरसका थप ६ नयाँ लक्षण

सोमबार, १५ बैशाख २०७७, १५ : ३८
कोरोना भाइरसका थप ६ नयाँ लक्षण

एजेन्सी । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले कोरोना भाइरसबारे जनतालाई सुसूचित गर्ने क्रममा थप ६ नयाँ लक्षण पनि आफ्नो सूचीमा समावेश गरेको छ । 

यसअघि सिडिसीले ज्वरो, खोकी स्वासप्रश्वासमा समस्या देखिनुलाई मात्रै लक्षणका रुपमा राखेको थियो । तर अहिले एकैपटक ६ लक्षण थपिएका छन् । यी लक्षण हुन् – चिसो लाग्ने, बारम्बार चिसो लागिरहने, मांशपेशी दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने तथा स्वाद लिने वा सुंघ्ने क्षमता कमजोर हुने ।

यस्ता लक्षण कोरोना भाइरसको सम्पर्कमा पुगेको २ देखि १४ दिनभित्र देखिन सक्ने सिडिसीले जनाएको छ । त्यस्तै, स्वासप्रश्वासमा समस्या देखिए, छातिमा निरन्तर दुखाई वा दबाब परेमा, उठ्नका लागि समस्या वा कमजोरी भएमा, अनुहार वा ओठ निलो भएमा पनि तत्कालै स्वास्थकर्मीलाई देखाउन सिडिसीले सिफारिस गरेको छ ।