नारायणपुर । दाङमा ट्रयाक्टर दुर्घटना हुँदा आज एक युवकको मृत्यु भएको छ । लमही बजारबाट स्थानीय अर्जुनखोला जाँदै गरेको रा १ त ३४७० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा लमही नगरपालिका वडा नम्बर ५ का १९ वर्षीय दिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलाबाट ट्रयाक्टरमा बालुवा लादी घर बनाउँदै गरेको स्थानमा पु¥याउने क्रममा कोइलाबास सडकखण्डको लमही –५ मा सो दुर्घटना भएकोे वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिनुभयो । चौधरी सोही ट्रयाक्टरमा काम गर्ने श्रमिक भएको प्रहरीले जनाएको छ । रातभर पानी परेकाले बाटामा चिप्लिएर दुर्घटना भएको थियो । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकोे छ । - रासस
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते