स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितताबारे छानबिन सुरु

आइतबार, १४ बैशाख २०७७, १४ : ३३

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितताबारे छानबिन थालेको छ । समितिले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर खरिदसम्बन्धी कागजात तथा उपकरण उपलब्ध गराइदिन अनुरोध गरेको छ । 

कोरोना भाइरसको संक्रमण निण्न्त्रण गर्ने उद्देश्यले स्वास्थ्य सेवा विभागमार्फत बिना प्रतिस्पर्धा ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनललाई स्वास्थय उपकरण खरिद गर्न दिएर आर्थिक अनियमितता भएको आशंका लेखा समितिले गरेको छ । 

समितिले सम्पूर्ण कागजात ७ दिनभित्र समिति सचिवालयमा उपलब्ध गराइदिन समेत भनेको छ ।

प्रतिक्रिया दिनुहोस