कोरोनाको कहरबाट विश्वभरि मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

आइतबार, १४ बैशाख २०७७, ०९ : ३०
कोरोनाको कहरबाट विश्वभरि मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर दुई लाख नाघेको छ।  विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या समाचार तयार गर्दा सम्म  २ लाख ३ हजार २ सय ९० पुगेको छ । संक्रमितको सख्ंया  ४ सय ३० पुगेको छ भने संक्रमितको संख्या २९ लाख २१ हजारभन्दा पनि बढी छ।

कोरोना भाइरसको प्रकोपबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकमा मात्रै कोरोना भाइरसबाट ५२ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ भने ९ लाख २९ हजारभन्दा बढी संक्रमित बनेका छन्।  यस्तै स्पेनमा कोरोनाबाट २ लाख २३ हजार ७ सय ५९ जना संक्रमित बनेका छन् भने २२ हजार ९ सय जनाले ज्यान गुमाएका छन्।

इटालीमा पनि अवस्था डरलाग्दो नै छ। अहिलेसम्म इटालीमा २६ हजारभन्दा बढीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् भने करिब १ लाख ९५ हजारभन्दा बढी संक्रमित बनेका छन्। कोरोनाबाट फ्रान्समा २२ हजार २ सय ४५, जर्मनीमा ५ हजार ८ सय ५, बेलायतमा २० हजार ३ सय १९, टर्कीमा २६ सय, इरानमा ५ हजार ६ सय ५० र चीनमा ४६ सय ३२ ले ज्यान गुमाएका छन्।

अन्य देशहरुमा समेत स्थिति उस्तै भयावह छ। कोरोनाको प्रकोप नियन्त्रणमा आउनु भन्दा पनि दिन प्रतिदिन संक्रमित र मृत्यु हुनेहरुको संख्या बढिरहेको छ। विभिन्न देशहरुके यसको संक्रमण र मृत्यु दर रोक्न विभिन्न प्रयास गरेपनि सफल हुन सकेका छैनन् । कोरोनाको कहरले दिन प्रति दिन मृत्यु हने क्रम बढ्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस