इस्लामावाद । पाकिस्तानले उत्तरी अरबी सामुद्रिक इलाकामा ‘एन्टी–शिप मिसाइल’को परीक्षण सफलतापूर्वक गरेको पाकिस्तानी सेनाले शनिबार एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ । पाकिस्तानी नौसेनाका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“युद्धपोत र लडाकू जहाजहरूले समूद्री सतहमा ‘एन्टी–शिप मिसाइल’हरूको परीक्षण गरिएको र तीनले सही निशाना हानेका छन् ।”
पाकिस्तानी नौसेनाका प्रमुख जफर महमूद अब्बासीले क्षेप्यास्त्रहरूको परीक्षणको अवलोकन गर्दै नौसेनाको परिचालन तयारीप्रति सन्तुष्टि व्यक्त गर्नुभएको थियो ।
नौसेना कुनै पनि आक्रमणलाई राम्रो प्रतिक्रिया दिन पूर्णरूपले सक्षम छ । मिसाइलको सफल परीक्षण–प्रदर्शन पाकिस्तानी नौसेनाको प्रतिरक्षा तयारीको प्रमाण भएको अब्बासीले बताउनुभयो ।
पाकिस्तानले गत वर्षको डिसेम्बरमा पनि युद्धपोत र लडाकू जहाजहरूद्वारा समूद्री सतहमा ‘एन्टी–शिप मिसाइल’को परीक्षण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १३ बैशाख २०७७, २१ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए