इस्लामावाद । पाकिस्तानले उत्तरी अरबी सामुद्रिक इलाकामा ‘एन्टी–शिप मिसाइल’को परीक्षण सफलतापूर्वक गरेको पाकिस्तानी सेनाले शनिबार एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ । पाकिस्तानी नौसेनाका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“युद्धपोत र लडाकू जहाजहरूले समूद्री सतहमा ‘एन्टी–शिप मिसाइल’हरूको परीक्षण गरिएको र तीनले सही निशाना हानेका छन् ।”
पाकिस्तानी नौसेनाका प्रमुख जफर महमूद अब्बासीले क्षेप्यास्त्रहरूको परीक्षणको अवलोकन गर्दै नौसेनाको परिचालन तयारीप्रति सन्तुष्टि व्यक्त गर्नुभएको थियो ।
नौसेना कुनै पनि आक्रमणलाई राम्रो प्रतिक्रिया दिन पूर्णरूपले सक्षम छ । मिसाइलको सफल परीक्षण–प्रदर्शन पाकिस्तानी नौसेनाको प्रतिरक्षा तयारीको प्रमाण भएको अब्बासीले बताउनुभयो ।
पाकिस्तानले गत वर्षको डिसेम्बरमा पनि युद्धपोत र लडाकू जहाजहरूद्वारा समूद्री सतहमा ‘एन्टी–शिप मिसाइल’को परीक्षण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १३ बैशाख २०७७, २१ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा बाढीका कारण ११ जनाको मृत्यु
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
भारत र पाकिस्तानबीच आज वार्ता हुँदै
साउदी विदेशमन्त्रीले गरे भारत र पाकिस्तानसँग तनाव कम गर्नेबारे छलफल
पाकिस्तानद्वारा भारतविरुद्ध ‘अपरेसन बुनियान मरसुस’ सुरु
भारतले क्षेप्यास्त्र हान्यो, जवाफ दिन हाम्रो सेना तम्तयार: पाकिस्तान