महोत्तरी । लकडाउन जारी रहदा अलपत्रमा परेकालाई उद्धारमा खटेको यात्रुबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट उदयपुरका लागि छुटेको बा३ख ४०३६ नंको बस बिपी राजमार्गको बर्दिवास नगरपालिका–३ पाटुमा आज बिहान दुर्घटना हुँदा बसकै सहचालक दोलखा जिल्लाको तामाकोशी–२ का बाबुराम विश्वकर्माको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । घटनामा परी दोलखाको तामाकोशी–२ कै २२ वर्षीय प्रदीप विश्वकर्मा घाइते भएका छन् । घाइतेको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिनुभयो ।
पाटुको मोडपर्ने ठाउँमा बस कोल्टिएर पल्टन लागेपछि ढोका खोलेर हाम फाल्ने क्रममा सहचालक बाबुरामको बसको हुडले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । उदयपुरको चौदण्डी नगरपालिकाले लकडाउनले काठमाडौँंमा अलपत्र परेका आफ्ना नगरका ३५ बासिन्दालाई ल्याउँदै गरेको बस दुर्घटनामा परेको हो । बस दुर्घटनामा परेपछि पाटुका बासिन्दाले सबै यात्रुको उद्धार गरेका थिए । यात्रु सबै सकुशल रहेका र अर्को साधन व्यवस्थापन गरी गन्तव्यमा पठाइएको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन