कोहलपुर । बाँके जिल्लाको नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टाइनमा कर्तव्यमा खटिएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा आज बिहान मृत्यु भएको छ । क्वारेन्टाइनको ड्युटी सकेर उहाँ मोटरसाइकलमा निवास फर्कने क्रममा सो दुर्घटना भएको हो ।
ड्युटी सकेर भे ३ प ३९ नं को मोटरसाइकलमा निवास फर्कनेक्रममा प्रहरी जवान सुवास सार्कीको राँझाचोक नजीकै सडकको डिभाइडरमा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरी कार्यालय मुद्दा शाखा इञ्चार्ज प्रहरी निरीक्षक हृदयेन्द्र सापकोटाले आज बिहान करीब ३ बजे सो दुर्घटना भएको जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते