कोहलपुर । बाँके जिल्लाको नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टाइनमा कर्तव्यमा खटिएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा आज बिहान मृत्यु भएको छ । क्वारेन्टाइनको ड्युटी सकेर उहाँ मोटरसाइकलमा निवास फर्कने क्रममा सो दुर्घटना भएको हो ।
ड्युटी सकेर भे ३ प ३९ नं को मोटरसाइकलमा निवास फर्कनेक्रममा प्रहरी जवान सुवास सार्कीको राँझाचोक नजीकै सडकको डिभाइडरमा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरी कार्यालय मुद्दा शाखा इञ्चार्ज प्रहरी निरीक्षक हृदयेन्द्र सापकोटाले आज बिहान करीब ३ बजे सो दुर्घटना भएको जानकारी दिनुभयो । (रासस)


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन