काठमाडौँ । तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानस्तिानमा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
देशको उत्तरपश्चिमी बाजीस प्रान्तमा बिहीबार बेलुका भएको घटनामा परी मृत्यु भएकाहरु व्यक्तिहरु सरकार समर्थित समूहका लडाकू भएको बताइएको छ ।
प्रान्तीय परिषद्का सदस्य बाहुउद्दिन कादेसीलाई उद्धृत गर्दै टोलो समाचारले जनाए अनुसार क्वाला ए–नाव सहरमा घटना भएको हो ।
घटनामा परी सरकार समर्थित सोही समूहका अरु दश जना सम्पर्क विहिन रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
प्युविक उप्रिसिङ फोर्स नामक सो समूहले सरकारको पक्षमा आफ्ना गतिविधिहरु गर्दै आएको छ ।
अफगानिस्तानको सरकारी संरचना अन्तर्गत नै रहेर राष्ट्रिय रक्षा र सुरक्षा फौजलाई सहयोग गर्नेगरी सो समूहले काम गर्ने गरेको छ ।
घटनाका बारेमा सरकारी सुरक्षा अधिकारीहरुले पुष्टि गरेपनि मानवीय क्षतिका बारेमा भने कुनै विवरण दिएका छैनन् । रासस
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृत्यु
जेन जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
जेन जेडको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु