काठमाडौँ । तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानस्तिानमा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
देशको उत्तरपश्चिमी बाजीस प्रान्तमा बिहीबार बेलुका भएको घटनामा परी मृत्यु भएकाहरु व्यक्तिहरु सरकार समर्थित समूहका लडाकू भएको बताइएको छ ।
प्रान्तीय परिषद्का सदस्य बाहुउद्दिन कादेसीलाई उद्धृत गर्दै टोलो समाचारले जनाए अनुसार क्वाला ए–नाव सहरमा घटना भएको हो ।
घटनामा परी सरकार समर्थित सोही समूहका अरु दश जना सम्पर्क विहिन रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
प्युविक उप्रिसिङ फोर्स नामक सो समूहले सरकारको पक्षमा आफ्ना गतिविधिहरु गर्दै आएको छ ।
अफगानिस्तानको सरकारी संरचना अन्तर्गत नै रहेर राष्ट्रिय रक्षा र सुरक्षा फौजलाई सहयोग गर्नेगरी सो समूहले काम गर्ने गरेको छ ।
घटनाका बारेमा सरकारी सुरक्षा अधिकारीहरुले पुष्टि गरेपनि मानवीय क्षतिका बारेमा भने कुनै विवरण दिएका छैनन् । रासस
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु