‘डिस्चार्ज भैसकेका किशोरमा कोरोना पोजेटिभ’

शुक्रबार, १२ बैशाख २०७७, ०८ : ११
‘डिस्चार्ज भैसकेका किशोरमा कोरोना पोजेटिभ’

लहान । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमुना परीक्षणमा सर्लाहीका एक किशोरमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पाइएको छ। उनी प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना भएको तेस्रो दिन डिस्चार्ज भएका थिए। उनी १४ वर्षका थिए।

दिल्लीबाट फर्केका ती किशोर बैशाख ५ गत्ते प्रादेशि अस्पताल जनकपुरमा भर्ना भएका थिए। भोलिपल्ट ९बैशाख ६० उनको स्वाव संकलन गरी प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थियो। बैशाख ७ गत्ते उनको परीक्षण परिपोर्ट नेगेटिभ आएपछि आइसोलेसनबाट डिस्चार्ज गरेर सर्लाहीको धनकौल स्थित क्वारेन्टाइनमा पठाएको प्रादेशिक अस्पताल जनकपुरका डाक्टर कुलदीप पण्डितले बताए। यात्रा विवरण दिल्ली भएकाले प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएकै स्वाव पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पाठाइएको थियो।

जसको परीक्षण रिपोर्ट आज पोजेटिभ आएको छ डाक्टर पण्डितले नागरिकसँग भने,‘अब ति किशोरको सम्पर्कमा आएका सम्पूर्ण व्यक्ति पहिचान गरि पीसीआर परीक्षण गर्छौ।’ पीसीआर परीक्षण नेगेटिभ देखिएपछि धनकौल फिर्ता ल्याएर गाउँपालिकाकै क्वारेन्टटाईनमै राखिएका ती किशोरलाई बुधबार मात्र घर फिर्ता पठाईएको थियो। तर विहिबार दिउँसो ती किशोरको स्वाब परीक्षणमा कोरोना भाईरस पोजेटिभि देखिएको भन्दै टेकु अस्पतालबाट खबर आएपछि सर्लाहीमा सन्त्रास छाएको छ।

ति किशोरको सर्लाहीमै र्‍यापीड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि हामीले घर पठाएका छैनौ डाक्टर पण्डितले भने,‘क्वारेन्टाइन पठाएका हौं। अहिले फोरी उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टाइनमा कतिको सम्पर्कमा आए सबैको पहिचान गर्ने काम सुरु भैसकेको छ, उनले भने।’ ति किशोरलाई पुनः अस्पताल ल्याएर आइसोलेसन भर्ना गर्ने तयारीमा जुटेको उनले बताए। ति किशोर गत चैत २३ मा भारतको नयाँ दिल्लीबाट लुकिछिपी बोर्डर पार गरी धनकौल स्थित घर पुगेका थिए।

यसअघि पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएका किशोरको विहिबार भने पोजेटिभ देखियो भन्ने खबर आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए। ‘हेर्नोस् न, यसअघि पीसीआर परिक्षण गर्दा नेगेटिभ देखिएका किशोरको आज पोजेटिभ भनेर चिकित्सकले खबर गरेका छन्’, प्रजिअ जिसीले विहिबार भने, ‘अहिले म सहितको टोली ती किशोरको गाउँतर्फ जाँदैछौ, उनी सहित उनका परिवारको ट्राभल हिस्ट्री सहित आवश्यक कुराहरु बुझेर थप कदम चाल्ने छौं।’ नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस