लकडाउन उल्लघंन गर्ने १ हजार ३ सय ६१ जना नियन्त्रणमा

विहीबार, ११ बैशाख २०७७, २२ : ४९
लकडाउन उल्लघंन गर्ने १ हजार ३ सय ६१ जना नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने २ सय ८४ महिला सहित  १ हजार ३ सय ६१  जनालाई नियन्त्रणमा लिएको छ । 

बिहीबार विहान ६ बजे देखि बेलुकासम्म उक्त संख्यामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यसै गरी  ५ सय ७ वटा दुई पाङ्ग्रे र ४१ वटा चारपाङग्रे गरी ५ सय ४८ वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ । काठमाडौंमा सबै भन्दा बढी ११ सय ४१, ललितपुरमा १ सय ४ र भक्तपुरमा १ सय १६ जनालाई नियन्त्रणमा लिइएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।  

लकडाउन एउटा व्यक्ति वा समूहको फाईदाको लागि गरिएको नभएर सबैको सुरक्षाको लागि भएकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि उनले सबैलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस