राजपा र समाजवादी एकता भएको नयाँ 'जनता समाजवादी पार्टी'दर्ता गर्न निर्वाचन आयोगमा

विहीबार, ११ बैशाख २०७७, १० : ४७
राजपा र समाजवादी एकता भएको नयाँ 'जनता समाजवादी पार्टी'दर्ता गर्न निर्वाचन आयोगमा

काठमाडौं । राजपा र समाजवादी पार्टी एकता भएसंगै नया दल दर्ताका लागि अहिले निर्वाचन आयोगमा पुगेको छ । हिजो बुधबार मध्यरातमा राजपा र समाजवादी पार्टी एकता भएको थियो । 

नयाँ गठन भएको जनता समाजवादी पार्टी दर्ताका लागि राजेन्द्र श्रेष्ठलगायत नेताहरू अहिले कान्तिपथस्थित आयोग कार्यालयमा पुगेका छन्। उनीहरूले नयाँ पार्टी दर्ताको निवेदन केहीबेरमा पेश गर्नेछन् ।

यसअघि तत्कालीन समाजवादी पार्टीकी नेतृ रेणु यादवलगायत सांसदले समाजवादी पार्टी फुटाएर नयाँ दल दर्ता गर्ने निर्णय गरेका थिए। 

प्रतिक्रिया दिनुहोस