वडा अध्यक्षको कार्यप्रति असन्तुष्टि राख्दै सदस्यद्वारा राजीनामा

सोमबार, ०८ बैशाख २०७७, १४ : ३७
वडा अध्यक्षको कार्यप्रति असन्तुष्टि राख्दै सदस्यद्वारा राजीनामा

प्यूठान । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य ऋषिराम घर्ती मगरले आफ्नो वडा अध्यक्षको कार्यशैली प्रति असन्तुष्टि राख्दै सदस्यको पदबाट राजिनामा दिएका छन् । 

वडा नम्बर ७ का वडा अध्यक्ष पदम भट्टराईले  विकास निर्माणका काम साथै अन्य कार्यहरूमा सदस्यहरूलाई पाखा लगाएर एकलौटी निर्णय गरेको भन्दै वडासदस्य पदबाट राजीनामा दिएको बताए । स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सदस्य  ऋषिराम घर्ती मगरले राजीनामा पत्र दिएका हुन  । उनले  पत्रमा लेखेका ,–‘वडाबाट हुने सम्पूर्ण क्रियाकलाप चित्त बुझ्दो नभएपछि वैशाख ५ गतेबाट वडा सदस्यको पदमा नरनेगरी राजीनामा स्वीकृत गरिदिन आग्रह गर्दछु ।’ मगरले वडाअध्यक्ष भट्टराईलाई वडा कार्यालयको बैठक बसीरहेको बेला  राजीनामा पत्र दिएको बताए । 

वडाअध्यक्ष टेक बहादुर भट्टराई ( पदम) ले भने वडा सदस्य घर्तीले  लगाएको आरोप सबै गलत रहेको बताए छन् । वडा क्षेत्रका जनताले प्रत्यक्ष आफ्नो र वडा कमिटीको  काम देखेका छन, उनले भने ,–‘वडामा   चारैजना  सदस्य राजमोबाट निर्वाचित हुनुभएको छ ।’ चित्त नबुझेको भए सरसल्लाह गर्ने हो सम्बन्धित निकायमा कुरो राख्ने हो  यसरी यो संकटको अवस्थामा एकाएक राजीनामा दिएर के आफ्नो जिम्मेवारीबाट पन्छिनु राम्रो नभएको वडा अध्यक्षले गुनासो गरेका छन् । 

पछिल्लो घट्ना  राहत वितरणमा डाटा ल्याउन लगाएको तर मापदण्ड नहेरी ल्याएको वडा अध्यक्ष  भट्टराईले बताए  । राहतको मापदण्ड भन्दा बाहिरबाट आएका २९ जना सबैलाई राहत दिन उनले  भनेपनि  अन्य सदस्य सहित  हामीले मानेनौ वडाअध्यक्ष भट्टराईले भने,–‘त्यसपछि उहाँ हिड्नुभएको हो ।’  महिनाको नियमित बैठक वैशाख ५ गते राजीनामा पत्र  खेलेर जानु भएको हो ।’  राजिनामालाई बाहिर नल्याई निकास खोज्ने प्रयास गर्दा पनि ८ गतेसम्म वडा सदस्य घर्ती सम्पर्कमा नआएपछि राजिनामालाई वडाबाट स्वीकृत गरि (आज) सोमबार नगरपालिकामा पठाउने थालेको अध्यक्ष भट्राईले जानकारी दिए ।