प्यूठान । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य ऋषिराम घर्ती मगरले आफ्नो वडा अध्यक्षको कार्यशैली प्रति असन्तुष्टि राख्दै सदस्यको पदबाट राजिनामा दिएका छन् ।
वडा नम्बर ७ का वडा अध्यक्ष पदम भट्टराईले विकास निर्माणका काम साथै अन्य कार्यहरूमा सदस्यहरूलाई पाखा लगाएर एकलौटी निर्णय गरेको भन्दै वडासदस्य पदबाट राजीनामा दिएको बताए । स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सदस्य ऋषिराम घर्ती मगरले राजीनामा पत्र दिएका हुन । उनले पत्रमा लेखेका ,–‘वडाबाट हुने सम्पूर्ण क्रियाकलाप चित्त बुझ्दो नभएपछि वैशाख ५ गतेबाट वडा सदस्यको पदमा नरनेगरी राजीनामा स्वीकृत गरिदिन आग्रह गर्दछु ।’ मगरले वडाअध्यक्ष भट्टराईलाई वडा कार्यालयको बैठक बसीरहेको बेला राजीनामा पत्र दिएको बताए ।
वडाअध्यक्ष टेक बहादुर भट्टराई ( पदम) ले भने वडा सदस्य घर्तीले लगाएको आरोप सबै गलत रहेको बताए छन् । वडा क्षेत्रका जनताले प्रत्यक्ष आफ्नो र वडा कमिटीको काम देखेका छन, उनले भने ,–‘वडामा चारैजना सदस्य राजमोबाट निर्वाचित हुनुभएको छ ।’ चित्त नबुझेको भए सरसल्लाह गर्ने हो सम्बन्धित निकायमा कुरो राख्ने हो यसरी यो संकटको अवस्थामा एकाएक राजीनामा दिएर के आफ्नो जिम्मेवारीबाट पन्छिनु राम्रो नभएको वडा अध्यक्षले गुनासो गरेका छन् ।
पछिल्लो घट्ना राहत वितरणमा डाटा ल्याउन लगाएको तर मापदण्ड नहेरी ल्याएको वडा अध्यक्ष भट्टराईले बताए । राहतको मापदण्ड भन्दा बाहिरबाट आएका २९ जना सबैलाई राहत दिन उनले भनेपनि अन्य सदस्य सहित हामीले मानेनौ वडाअध्यक्ष भट्टराईले भने,–‘त्यसपछि उहाँ हिड्नुभएको हो ।’ महिनाको नियमित बैठक वैशाख ५ गते राजीनामा पत्र खेलेर जानु भएको हो ।’ राजिनामालाई बाहिर नल्याई निकास खोज्ने प्रयास गर्दा पनि ८ गतेसम्म वडा सदस्य घर्ती सम्पर्कमा नआएपछि राजिनामालाई वडाबाट स्वीकृत गरि (आज) सोमबार नगरपालिकामा पठाउने थालेको अध्यक्ष भट्राईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सञ्चारमन्त्री खरेलले दिए राजीनामा
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले दिए राजीनामा
राष्ट्रिय सभाका तीन सांसदले दिए पदबाट राजीनामा
६ राजदूतले दिए राजीनामा
प्रदेश प्रमुखको कार्यालयमा सोनलले बुझाए राजीनामा पत्र
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा