पर्सा । आफ्नै छोरीको हत्या गरी आत्महत्या भनि बनावटी घटना बनाउने कार्यमा संलग्न वीरगंज महानगरपलिका-१ छप्कैयाटोल बस्ने २९ वर्षीय संजय सरार्फ भन्ने संजय कुमार साह सोनारलाई बैशाख ४ गते प्रहरीले पक्राउ गरेको छ ।
निज संजय सरार्फले आफ्नै छोरी ७ वर्षीया अंशू कुमारी सरार्फलाई गत चैत ११ गते दिउँसो झुण्डी रहेको अवस्थामा फेला पारी तत्काल उपचारको लागि नारायणी अस्पतालमा लैजाने क्रममा मृत्यु भएको भन्ने घटनामा संजय सरार्फलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा मृतक अंशू कुमारी सरार्फले आफै झुण्डी आत्महत्या गरेको नभई मृतकको बुवा संजय सरार्फले घाटी थिची हत्या गरेको खुल्न आएको हो । साथै आफूले गरेको कसूरबाट बच्ने उद्देश्यले बनावटी आत्महत्या जस्तो वारदात बनाएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भक्तपुरमा एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले गरे आत्महत्या
सशस्त्रका जवानद्वारा हिरासतभित्रै आत्महत्या