बन्दुकधारीले अन्धाधुन्द गोली चलाउदा क्यानाडामा १३ जनाको मृत्यु, १२ घंटा सम्म गरे गोलीबारी

सोमबार, ०८ बैशाख २०७७, ०८ : ४८
बन्दुकधारीले अन्धाधुन्द गोली चलाउदा क्यानाडामा १३ जनाको मृत्यु, १२ घंटा सम्म गरे गोलीबारी

एजेन्सी । एकजना बन्दुकधारीले क्यानडाको नोभा स्कोसा प्रान्तमा अन्धाधुन्ध गोली चलाउँदा १३ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमहरुले स्थानीय प्रहरीलाई उद्धृत गर्दै जनाएको छ । 

प्रहरीको जस्तै पोशाक लगाएका बन्दुकधारीले आक्रमण गरेका हुन् । उनीहरुले ग्रामीण बजार पोर्तापिक्यूमा १२ घण्टासम्म गोली चलाएका हुन् । गोली लागेर मृत्यु हुनेमा २३ वर्षकी होइदी स्टेभेन्सन पनि छन् । उनी दुई सन्तानकी आमा हुन् । यस्तै उनी रोयल क्यानडियन प्रहरीकी भेट्रान पनि हुन् । अर्का एक प्रहरी अधिकारी घाइते भएका छन् ।

स्थानीय समय अनुसार शनिबार राति गोलीकाण्ड सुरु भएको थियो । क्यानडियन प्रहरीले पछिल्लो ३० वर्षमा क्यानडामा भएको यो सबैभन्दा खराब गोलीकाण्ड रहेको उल्लेख गरेको छ।

५१ वर्षका गाब्रिएल वर्टम्यान नाम गरेका व्यक्तिले गोली चलाएको प्रहरीले उललेख गरेको छ । पोर्तापिक्यूका धेरै स्थानमा गोली चलाएपछि प्रहरीको गोली लागि आक्रमणकारीको पनि मृत्यु भएको जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस