नारायण शर्मा
नवलपरासी । अघिल्लो साता पश्चिम नवलपरासी स्थित रामग्राम नगरपालिकामा बिपन्न परिवारलाई बितरण गरिएको खाद्य सामाग्री गुणस्तरहिन भेटिएपछि अन्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।
रामग्राम नगरपालिकाले त्यहाका २३ सय घरपरिवारलाई राहत भन्दै खरिद गरेको १० लाख मुल्य बराबरको खाद्यान्न सामाग्री सरकारले तोकेको मापदण्ड भन्दा न्यूनगुणस्तरको रहेको समाचार प्रकासनमा आएपछि अन्तियारले छानविन थालेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रबक्ता सुरेश भुसालले त्यहा बितरित राहतमा घोटला गरेर गुणस्तरहिन खाद्यान्न बितरण गरेको भन्ने सूचनाका आधारमा ४ दिनदेखि अनुसन्धान थालेको जानकारी दिए । अख्तियारले खाद्यान्न खरिद ,निर्णय र टेण्डर प्रकृयाका सबै कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । बितरित खाद्य सामाग्रीको स्याम्पल जाच गरिएको र गुणस्तरहिन भेटिएकाले र चाडै कारबाहि अघि बढने जानकारी दिए । उनले त्यहा अखाद्य खाद्यान्न बितरण भएको पाइएकाले निर्णय प्रकृयामा सामेल सबैलाई भ्रष्टाचार मुद्धा चलाउने जानकारी दिए ।
रामग्राम नगरपालिकाले परासीकै राजेश राइस मिलवाट १० लाखमा २ सय ५० क्विण्टल चामल खरिद गरेर बिपन्नलाई बितरण गरेको थियो । चामल प्रति किलो ४० का दरमा खरिद गरिएको हो ।
यता खाद्य प्रबिधि तथा गुणनियन्त्रण कालर्यलय भैरहवा र गुणस्तर तथा नाप तौल कार्यलयले समेत त्यहा छानविन गर्दा सरकारले तोकेको भन्दा न्यून गुणस्तरको खाद्यान्न समाग्री बितरण गरेको पुष्टि भएको भन्दै ३ दिन भित्र मुद्धा चलाउने जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०७७, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आयोगसमक्ष सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस