सोलुखुम्बु । सेवामा खटिएका प्रहरी हवल्दारको आज मृत्यु भएको छ । अस्थायी प्रहरीचौकी दोर्पुका इञ्चार्ज देवीप्रसाद भट्टराईको बिहान करीब ३ बजे काममा खटिएकै बेला मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्दइवा लिम्बूले जानकारी दिनुभयो ।
लिम्बूका अनुसार काममै रहेका बेला शनिबार राति १२ बजे अत्याधिक पेट दुखेपछि उनलाई जिल्ला अस्पताल फाप्लु उपचारका लागि लगिएकामा बेहोश हुँदाहुँदै मृत्यु भएको हो ।
भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका ३८ वर्षीय भट्टराईका श्रीमती तथा दुई छोरा र एक छोरी छन् । अहिले उनको शव घर पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिनुभयो । (रासस):


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु