विराटनगर । शुक्रबार कोरोना भाइरस (कोभिड १९) पुष्टि भएका १२ जनाको पीसीआर विधिबाट विराटनगरस्थित कोसी अस्पतालमा गरिएको परीक्षणमा बिहीबार नै पोजेटिभ रिपोर्ट आएको थियो। तर, अन्तिम परीक्षण र प्रमाणित टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नै गर्ने नियम भएकाले प्रदेश १ मा उक्त रिपोर्ट सार्वजनिक गरिएन र काठमाडौं पठाइयो।
प्रदेशका केही मन्त्री र अस्पताल स्रोतले यो जानकारी भित्रभित्रै फैलाइरहँदा प्रदेशका सबैको ध्यान स्वास्थ्य मन्त्रालयले दैनिक गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा थियो। तर ‘प्रेस ब्रिफिङ’मा उदयपुरको कुनै कुरा नआएपछि भ्रम पो हो कि भन्ने धेरैले आशंका गरे।
अन्नपूर्ण पोस्ट्को अनलाइन संकरणमा समाचार आएपछि अन्य मिडियाले पनि चासो दिए र साँझ मात्रै मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक पेजबाट उदयपुरका १२ जनाको उमेरसहित चितवनको समेत जोडेर पोजेटिभ भएको रिपोर्ट सार्वजनिक गर्यो। एकैपटक १२ जनाको रिपोर्ट सार्वजनिक भएसँगै प्रदेश १ का तराईका क्षेत्रका नागरिक त्रसित छन्। तराईका जिल्लामा धेरै मस्जिद रहेको र लकडाउनको समयमा पनि विभिन्न स्थानबाट ती ठाउँमा नयाँ नागरिक आएर बसेकाले मस्जिद आसपासका नागरिक अलि बढी आतंकित बनेका हुन्।
मंसिर २५ गते नै भारतको जोगबनी नाका हुँदै विराटनगरबाट नेपाल प्रवेश गरेका उनीहरू मोरङ, सुनसरी, सप्तरी र उदयपुर जिल्लामा रहेका मस्जिदमा धार्मिक कार्यक्रममा सहभागी भएको खुलेको छ। उनीहरूको रिपोर्ट पोजेटिभ आउनासाथ स्थानीय तह र प्रहरीले संकलन गरेको उनीहरूको प्रारम्भिक यात्रा विवरणअनुसार संक्रमितहरू नेपाल प्रवेश गरेर पुनः भारत गएका छैनन्।
प्रारम्भिक तथ्यांकअनुसार नेपालभित्रैबाट उनीहरूमा कोरोना संक्रमण भएको देखाएको उदयपुरको बेलका नगरपालिका प्रमुख दुर्गाकुमार थापा बताउँछन्। ‘हामीले उनीहरूको ट्राभल हिस्ट्री खोजिरहेका छाँै, उनीहरूको भनाइ र रेलको टिकट हेर्दा उनीहरू मंसिरबाट भारत गएका छैनन,’ प्रमुख थापाले भने, ‘उनीहरू कहाँ–कहाँ पुगे÷कसलाई भेटे अझै खोजिरहेका छौँ।’
११ डिसेम्बर अर्थात् मंसिर २५ गते जोगबनीसम्म रेलमा आएका १२ जना उनीहरूले नेपाली ४ जनासहित मोरङ, सुनसरी, सप्तरी र उदयपुरका विभिन्न स्थानमा घुमेको भेटिएको छ। मंसिर २५ गतेबाट मोरङ र सुनसरीको विभिन्न मस्जिदमा आयोजित धार्मिक कार्यक्रम र प्रवचनामा सामेल भएका उनीहरू फागुन २ गते सप्तरी पुगेका थिए। मोरङको विराटनगर, सुनरीको दुहबी र इटहरीको मस्जितमा सात दिन बसेर आठौँ दिन सप्तरीको बोदेबरसाइन नगरपालिकामा उनीहरू पुगेको पाइएको बेलकाका प्रमुख थापा बताउँछन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०७ बैशाख २०७७, ०७ : २०
लेखकबाट थप