काठमाडौँ । कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमण भएपछि के कस्ता लक्षण देखिन्छन् भनेर जनमानसमा प्रचार गरिएभन्दा भिन्न पनि लक्षण पाइएपछि परीक्षणको काम द्रुत गतिमा बढाउनुपर्ने चिकित्सकहरूले बताएका छन् ।
बाहिरबाट हेर्दा संक्रमित जस्तो सामान्य लक्षण पनि नदेखिने बिरामीको संख्या बढ्दै जाँदा त्यस्ता बिरामी अझ धेरै भएर पनि परीक्षणको दायरामा नआएको हुन सक्ने आकलन विज्ञहरूले गरेका छन् ।
त्यस्ता व्यक्ति जसमा संक्रमण भएको धेरै समयसम्म सुक्खा खोकी, ज्वरो, बिरामीको कुनै लक्षण नदेखिँदा पनि उनीहरूले संक्रमण सार्न सक्छन् । हालसम्म विभिन्न अध्ययन र अवस्थाले ‘कोभिड–१९’ सुषुप्त रूपमा फैलिन सक्ने क्षमता राख्ने समेत उनीहरू औंल्याएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०६ बैशाख २०७७, ०६ : ५८
लेखकबाट थप